
आइतवार , फाल्गुण १४, २०७९
लुम्बिनी, १४ फागुन ।
रुपन्देहीको लुम्बिनी साँस्कृतिक नगरपालिकाको दशौँ नगर सभा आइतबार सम्पन्न भएको छ । सभाले हाल सम्म भएको प्रगति प्रतिबेदन पेश गरेको छ । चालू आर्थिक वर्षमा छुटाएको कुल बजेटमध्ये हालसम्म पुँजीगत र चालूतर्फ खर्च भएको सार्वजनिक गरिएको छ ।
शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन क्षेत्रको विकाससँगै नीति निर्माण, योजना संशोधन, योजना कार्यान्वयनसहित पालिकालाई समृद्धि बनाउनेतर्फ केन्द्रित भएको प्रस्तुत प्रतिवेदनमार्फत नगरपालिकाका मेयर सजरुद्दीन मुसलनमानले बताएका छन् ।
पर्यटन क्षेत्रसँगै भौतिक पूर्वाधारका कामले निरन्तरता पाएको जिकिर गर्दै चुनावको बेला वाचा गरेका योजनाले मूर्त रुप लिने नगरप्रमुख मुसलमानले बताए । उनले लुम्बिनी साँस्कृतिक नगरपालिकालाई नमूना नगरपालिका बनाउन सबैको सहयोग र साथ आवश्यक रहेकोमा जोड दिए ।
नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत भुपेन्द्र पाण्डेलेसमृद्ध नगरपालिका बनाउन जनप्रतिनिधि, कर्मचारी र स्थानीयहरुको सहयोग र साथ आवश्यक रहेको बताए ।उनले साना तथा ठुलो गौरवको आयोजनालाई पूर्णता दिन नगरपालिका लागिपरेको बताउँदै उनले केही योजनालाई संशोधन गदै जाने बताए ।
सभाले विभिन्न १४ वटा ऐन तथा कार्यविधि पारित गरेको छ । स्थानीय राजपत्र प्रकाशन सम्बन्धि कार्यविधि २०७९, आर्थिक सहायता कार्यविधि २०७९, टेम्पो, अटोरिक्सा व्यवस्थापन कार्यविधि २०७९, वारुणयन्त्र व्यवस्थापन तथा सञ्चालन कार्यविधि २०७९, संस्था दर्ता तथा नविकरण कार्यविधि २०७९, बजार अनुगमन निर्देशिका २०७९, होमस्टे सञ्चालन कार्यविधि २०७९, नगर शिक्षा विकास कोष सञ्चालन कार्यविधि २०७९, कन्टिन्जेन्सी रकम खर्च सम्बन्धि कार्यविधि २०७९, करारमा कर्मचारी व्यवस्थापन गर्ने सम्बन्धित कार्यविधि २०७९, स्वयंसेवक शिक्षक व्यवस्थापन कार्यविधि २०७९, निजी जग्गाको माटो उत्खनन् तथा ओसारपसार सम्बन्धि कार्यविधि २०७९, स्वास्थ्य सेवा ऐन २०७९, कर तथा गैरकर राजस्व लगाउने र उठाउने सम्बन्धमा व्यवस्था गर्ने बनेको ऐन २०७९ पारित गरिएको प्रमुख प्रशासकीय अधिकृत भुपेन्द्र पाण्डेयले बताए ।
कार्यक्रममा लुम्बिनी साँस्कृतिक नगरपालिका उपप्रमुख कल्पना हरिजन, वडा नम्बर १ देखि १३ सम्मका जनप्रतिनिधिहरु, कर्मचारी, सुरक्षाकर्मी तथा पत्रकारहरुको उपस्थिति रहेको थियो ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij