२०८३, बैशाख ९ गते

Apr 22 2026 | २०८३, बैशाख ९ गते

सिद्धार्थनगर–१ कार्यालयद्वारा लुम्बिनी खुकुरी क्लबलाई खेलकुद सामग्री वितरण

आइतवार , फाल्गुण १४, २०७९

  • 2.3K
    Shares
  • 2.3K
    Shares
  • भैरहवा, १४ फागुन ।
    सिद्धार्थनगर नगरपालिका १ नम्बर वडा कार्यालय, रुपन्देहीले लुम्बिनी खुकुरी क्लब, बेलहियालाई खेलकुद सामग्री तथा जर्सी वितरण गरेको हो । आइतबार एक कार्यक्रमकाबीच वडा कार्यालयले क्लबलाई खेलकुद सामग्री तथा खेलाडीहरुलाई जर्सी हस्तान्तरण गरेको वडाअध्यक्ष उज्जवल पोखरेलले बताए ।

    कार्यक्रममा बोल्दै सिद्धार्थनगर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नवराज पौड्यालले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्रिकेट खेलाडी उत्पादनमा लुम्बिनी खुकुरी क्लबको योगदान महत्वपूर्ण रहेको बताए ।

    कार्यक्रममा क्रिकेटमार्फत नेपाललाई अन्तर्राष्ट्रिय क्षेत्रमा चिनाएर योगदान पुर्याएको भन्दै अन्तिम थापा र खेलकुद क्षेत्रको विकासमा योगदान पुर्याउने व्यक्तित्वहरुलाई सम्मान गरिएको वडा कार्यालयले जनाएको छ ।

    सिद्धार्थनगर–१ का वडाअध्यक्ष उज्ज्वल पोखरेलको अध्यक्षता तथा नगरपालिकाका प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा वडा सदस्य हरिमाया गुरुङ, राजकिशोर यादव, मिन बहादुर गुरुङ बेलहिया गाउँ समाजका अध्यक्ष मोहन शाही, देवराज न्यौपाने, सुमन शर्मा, धर्मराज गिरी, लुम्बिनी खुकुरी क्लबका अध्यक्ष राम बहादुर बस्नेत, उमेश पोखरेल, सुमन शर्मा लगायतको उपस्थिति रहेको थियो । वडा सचिव प्रमोद कुमार चौबेको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

    यसअघि वडा कार्यालयले फुटबल खेलाडीलाई जर्सी वितरण गरेको थियो ।