२०८२, श्रावण ३० गते

Aug 15 2025 | २०८२, श्रावण ३० गते

स्ववियु निर्वाचन : अनेरास्ववियुद्वारा भैरहवा बहुमुखी क्याम्पसमा संगठन दर्ता

बिहिवार , फाल्गुण १८, २०७९

  • 5.7K
    Shares
  • 5.7K
    Shares
  • भैरहवा, १८ फागुन ।
    आगामी चैत ५ गते हुने स्वतन्त्र विद्यार्थी युनियन (स्व.वि.यु.) निर्वाचनका लागि नेकपा एमाले निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु)ले भैरहवा बहुमुखी क्याम्पसमा संगठन दर्ता गराएको छ ।

    त्रिभुवन विश्वविद्यालयबाट प्रकाशित स्व.वि.यु. निर्वाचन तालिकाअनुसार बिहीबार संगठन दर्ता गराइएको अनेरास्ववियु भैरहवा बहुमुखी क्याम्पस कमिटीका अध्यक्ष सागर न्यौपानेले बताए । विद्यार्थीहरुको हकहितमा निरन्तर काम गर्दै आएको अनेरास्ववियु विद्यार्थीहरुको पहिलो रोजाइ भएको न्यौपानेले बताए ।

    बिहीबार १ बजे क्याम्पसमा पुगेर संगठन दर्ता गराइएको अनेरास्ववियु रुपन्देही जिल्ला सह–सचिव तथा सिद्धार्थनगर सह–इञ्चार्ज भीम भण्डारीले बताए ।
    संगठन दर्ता गराउन अनेरास्ववियुका पूर्व केन्द्रीय सदस्य तथा सिद्धार्थनगर इञ्चार्ज सरोज ठकुरी, भीम भण्डारी, सागर न्यौपाने क्याम्पस पुगेका थिए  । 

    334312917_1412337579305803_4152036124866371407_n.jpg


    निर्वाचन तालिकाअनुसार फागुन १९ गते शुक्रबार दिउँसो ३ बजेसम्म संघ–संगठन तथा समूह दर्ता गर्न सकिनेछ ।