
शुक्रवार , फाल्गुण १९, २०७९
भैरहवा, १९ फागुन ।
रुपन्देहीको लुम्बिनी साँस्कृतिक नगरपालिकामा भु–उपयोगसम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न गरिएको छ । लुम्बिनी साँस्कृतिक नगरपालिकाका प्रमुख सजरुद्दीन मुसलनमान, प्रमुख प्रशासकीय अधिकृत भुपेन्द्र पाण्डे, वडा नम्बर १ देखि १३ सम्मका जनप्रतिनिधि लगायतकाको उपस्थितिमा भु–उपयोग निति, भु–उपयोग ऐन, नियमवालीसम्बन्धी छलफल गरिएको हो ।
छलफलमा सहभागीहरुले नगरका समग्र भुमिलाई विभिन्न भु–उपयोगका क्षेत्रमा वर्गीकरण गर्ने, भुउपयोग योजना तर्जुमा गर्न, कृषि भूमिको संरक्षण, जैविक विविधता तथा एवं ऐतिहासिक साँस्कृतिक सम्बन्धी योजना तर्जुमा, प्राकृतिक र मानव सिर्जित प्रकोपजन्य जोखिमहरुको न्युनिकरण गर्न भु–उपयभोग नीतिको आवश्यक रहेको बताएका थिए । सोसम्बन्धी कार्य नगरपालिकाले सुरु गरिसकेको जानकारी गराइएको छ ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij