२०८३, बैशाख १० गते

Apr 23 2026 | २०८३, बैशाख १० गते

पशुपति शिक्षा मन्दिरले मनायो वार्षिकोत्सव

सोमवार , फाल्गुण २२, २०७९

  • 3.2K
    Shares
  • 3.2K
    Shares
  • भैरहवा, २२ फागुन ।
    पशुपति शिक्षा मन्दिर सिद्धार्थनगर–६, रुपन्देहीले वार्षिकोत्सव तथा अभिभावक दिवस–२०७९ मनाएको छ । शनिबार एक समारोहकाबीच विद्यालयले वार्षिकोत्सव तथा अभिभावक दिवस मनाएको हो ।

    समारोहको उद्घाटन गर्दै लुम्बिनी प्रदेश सरकारका सामाजिक विकास मन्त्री चन्द्रकेश (सिके) गुप्ताले विद्यालयलाई आवश्यक सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे ।

    त्यस्तै समाजसेवी तथा युवा नेता महेन्द्र गुप्ता (प्रशान्त) ले विद्यार्थीलाई संस्कृति, ज्ञान, नैतिकता, राष्ट्रियता र संस्कार सिकाउने पशुपति शिक्षा मन्दिरले निकै राम्रो काम गरेको भन्दै प्रशंसा गरे ।

    कार्यक्रममा पशुपति शिक्षा प्रचार प्रसार समितिका राष्ट्रिय सह–संगठन सचिव भुवनचन्द्र पंगरियाले विद्यालयको बारेमा बोलेका थिए । 

    कार्यक्रममा विद्यालयका सचिव उमाशंकर पाठकले आय व्यय विवरण प्रस्तुत गरेका थिए ।

    IMG-20230305-WA0037.jpg

     

    समाजसेवी ऋषि अग्रवालको अध्यक्षता, सामाजिक विकास मन्त्री सिके गुप्ताको प्रमुख आतिथ्यता, पशुपति शिक्षा प्रचार समितिका केन्द्रीय सदस्य रोहित अग्रवालको विशिष्ट आतिथ्यता, शिक्षक कृष्ण प्रसाद यादवको स्वागत, प्रधानाचार्य प्रेमधर पाण्डेयको धन्यवाद ज्ञापन तथा शिक्षक अभिमन्यू शुक्लाको सञ्चालनमा सम्पन्न कार्यक्रममा हिन्दू स्वयंसेवक संघ नेपाल रुपन्देहीका जिल्ला सेवा प्रमुख सुरज उपाध्याय लगायतको उपस्थिति रहेको थियो । विद्यालय प्रांगणमा भएको कार्यक्रममा विद्यार्थीहरुको साँस्कृतिक प्रस्तुति रहेको थियो ।

    IMG-20230305-WA0042.jpg

    IMG-20230305-WA0035.jpg

    IMG-20230305-WA0041.jpg