२०८३, बैशाख १० गते

Apr 23 2026 | २०८३, बैशाख १० गते

सामूहिक विद्यालय परिवार रुपन्देहीको अध्यक्षमा युवराज पोख्रेल

बुधवार , फाल्गुण २४, २०७९

  • 3.2K
    Shares
  • 3.2K
    Shares
  • भैरहवा, २४ फागुन ।
    सामूहिक विद्यालय परिवार, रुपन्देहीको २२ औं साधारणसभा तथा अधिवेशन बुधबार सम्पन्न भएको छ । रोहिणी गाउँपालिका–३ धकधई स्थित स्पांगल इङलिस बोर्डिङ स्कूलमा भएको अधिवेशनले युवराज पोख्रेलको अध्यक्षतामा वर्ष २०८० का लागि नयाँ कार्यसमिति सर्वसम्मत निर्वाचित गरेको छ । अध्यक्षमा निर्वाचित पोख्रेल नेपाल नालन्दा आवासीय माध्यमिक विद्यालय सिद्धार्थनगर–९ का प्रिन्सिपल हुन् ।

    परिवारको उपाध्यक्षमा समसाद इद्रिसी, सचिवमा सिर्जना पाठक, कोषाध्यक्षमा चन्द्र प्रकाश न्यौपाने र सह–सचिवमा प्रमोद यादव निर्वाचित भएका छन् । त्यस्तै सदस्यहरुमा दीपक थापा र राजेश यादव निर्वाचित भएको परिवारले जनाएको छ । 

    सामूहिक विद्यालय परिवारका कार्यवाहक अध्यक्ष युवराज पोख्रेलको अध्यक्षता, समाजसेवी गुरु बहादुर कमलको प्रमुख आतिथ्यता, प्याब्सन नेपालका केन्द्रीय उपाध्यक्ष विष्णु प्रसाद पन्थीको विशिष्ट आतिथ्यता, कार्यक्रम संयोजक सञ्जय कौशलको स्वागत तथा परिवारकी सचिव पाठकको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

    334983871_6317362391615371_4901885111945608811_n.jpg

    कार्यक्रममा सामूहिक विद्यालय परिवारका पूर्व अध्यक्ष भरत गिरी, प्याब्सन लुम्बिनी प्रदेशका सह–कोषाध्यक्ष महेश भुर्तेल लगायतले बोलेका थिए ।
    वि.सं. २०५९ सालमा स्थापना भएको सामूहिक विद्यालय परिवारमा हाल १८ वटा विद्यालय आबद्ध छन् । परिवारमा न्यू ईरा इङलिस बोर्डिङ स्कूल, नमूना इङलिस बोर्डिङ स्कूल र नोबेल इन्भारमेन्ट एकेडमीले नयाँ सदस्यता लिएका छन् ।