२०८२, आषाढ २८ गते

Jul 12 2025 | २०८२, आषाढ २८ गते

बुटवललाई स्वास्थ्य क्षेत्रमा उत्कृष्ट बनाउने योजना 

शनिवार , फाल्गुण २७, २०७९

बुटवल, २७ फागुन ।
रुपन्देहीको बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले बुटवललाई स्वास्थ्य क्षेत्रमा उत्कृष्ट बनाउने गरी योजना अगाडि बढाएको बताएका छन् । बुटवल उपमहानगरपालिकाको आयोजना, इन्द्रेणी ग्रामीण विकास केन्द्र नेपाल र फेयरमेडको साझेदारी र स्वास्थ्य तालिम केन्द्र लुम्बिनीको प्राविधिक सहयोगमा बुटवलमा आयोजित स्वास्थ्य सेवासम्बन्धि अभिमुखीकरण कार्यक्रम तथा स्वास्थ्यसम्बन्धि योजना तर्जुमा छलफल कार्यक्रममा बोल्दै उनले बुटवलको स्वास्थ्य क्षेत्रमा छिट्टै नै सुधार देखापर्ने बताए ।

बुटवलमा १६–१६ बेडका अस्पताल निर्माणको चरणमा रहेको बताउँदै उनले बाल तथा महिला अस्पतालका रुपमा आम्दा अस्पतालको स्तरोन्नति गर्ने र स्वास्थ्य जनशक्ति उत्पादनमा समेत लगानी गरिरहेको बताए । 

२ दिन चलेको कार्यक्रममा स्वास्थ्य तालिम केन्द्र लुम्बिनीका निमित्त निर्देशक नोधनारायण चौधरी, बुटवल उपमहानगरपालिकाका स्वास्थ्य शाखा प्रमुख युवराज पाण्डे, कल्पना भुसाल, इन्द्रेणी ग्रामीण विकास केन्द्रका अध्यक्ष महेन्द्र पाण्डे, वडा नम्बर ९ का अध्यक्ष तथा सामाजिक विकास समितिका संयोजक प्रदीप कुमार श्रेष्ठ, वडा नम्बर १२ का अध्यक्ष डिल्ली शर्मा उपाध्यायलगायतले बोल्दै स्वास्थ्य क्षेत्रमा बुटवललाई अब्बल बनाउनका लागि सबै क्षेत्रको सहकार्य जरुरी रहेको बताए ।