
आइतवार , फाल्गुण २८, २०७९
भैरहवा, २८ फागुन ।
रुपन्देहीको ओमसतिया गाउँपालिकामा अतिरिक्त क्रियाकलापमा पहिलो, दोस्रो र तेस्रो स्थान ल्याउने विद्यार्थीहरुलाई आइतबार गाउँपालिकाले पुरस्कार वितरण गरेको छ ।
पालिकाभित्र रहेका विद्यालयहरुमा विद्यार्थी तथा शिक्षकहरुका लागि अतिरिक्त क्रियाकलापको आयोजना गरिएको थियो । शिक्षा शाखा प्रमुख हरि प्रसाद पोखरेलकाअनुसार प्राथमिक विद्यार्थीतर्फ श्रुतिलेखन प्रतियोगितामा ठूठीपीपल माविका कृष्ण महतो प्रथम, जनता आधारभूत विद्यालयका विनय पाल दोस्रो र पटखौली माविका शिवानी कुमारी चौधरीले तेस्रो स्थान हासिल गरिएका थिए ।
चित्रकला प्रतियोगितामा बसन्तपुर दशरथ माध्यमिक विद्यालयका आशिष यादव प्रथम, रोहिणी विद्याश्रमकी बिन्द्रावती गुप्ता दोस्रो र जनता आधारभूत विद्यालयकी सृष्टि थापा तेस्रो भइन् ।
त्यस्तै निमावितर्फ भएको हिज्जे प्रतियोगितामा ठूटीपीपल माविका निशान पासी, सरिता चाइ र सौरभ बनियाको समूह प्रथम, बसन्तपुर दशरथ जनता माविका युवराज नाउ र नजबुन निसाको समूह दोस्रो तथा ठूलो बालापुर मदरसाका इसाद अलि र खुस्बु मन्सुरीको समूह तेस्रो भएको थियो ।
त्यसै गरी हाजिरीजवाफ प्रतियोगितामा कोटही आधारभूत विद्यालयका सुस्मिता यादव, मधु सोमै र हसिना खातुनको समूह प्रथम, ठुटीपीपल माविका पूजा चाइ, दिलिप महतो, एलिसा थारुको समूह द्वितीय तथा जनजागृती माविका विद्यार्थीहरु सरगम बिक, राजु चाइ र राजु चौहानको समूह तृतीय भएका थिए ।
माविस्तरीय वादविवाद प्रतियोगितामा ठूटीपीपल माविका सागर ज्ञवाली पहिलो, ठुठीपीपल माविकै बबिता श्रेष्ठ दोस्रो तथा पटखौली माविका असलम हुसेन तेस्रो भएका थिए ।
त्यस्तै आधारभूत विद्यालयका शिक्षकहरुबीच भएको हाजिरीजवाफ प्रतियोगितामा जनता आधारभूत विद्यालयका निरा कुमारी चौधरी, इन्दिरा गैरे र राजेन्द्र प्रसाद ज्ञवाली शिक्षक समूह पहिलो, कोटही आधारभूत विद्यालयका सुनिता राना, सुखराम बरै र बिन्दु भट्टराईको समूह दोस्रो तथा ठूटीपीपल माविका आशा खनाल, सृजना पन्थी र भिम बहादुर पुनको समूह तेस्रो भएको शिक्षा शाखा प्रमुख पोखरेलले बताए ।
ओमसतिया गाउपाँलिका अध्यक्ष मन्जित कुमार यादव (सोनु) को अध्यक्षता, उपाध्यक्ष सुनिता चौधरीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा पालिकाका प्रमुख प्रशासकीय अधिकृत बिपिन क्षेत्री, प्रवक्ता एवं वडा नम्बर ५ का वडाअध्यक्ष मदन प्रसाद पोखरेल, वडा नम्बर ४ का वडाध्यक्ष अखिलेश्वर पाण्डे, वडा नम्बर ३ का वडाध्यक्ष प्रकाश सिंह चौधरी, कार्यपालिका सदस्य गुन्जा चौधरीले बोल्दै विद्यार्थीहरुको मनोबल उच्च बनाउन अध्ययनको साथै अतिरिक्त क्रियाकलाप आवश्यक रहेको बताए । विद्यार्थीहरुको मनोबल उच्च बनाउन पालिकाले अध्ययनको साथै यस्ता अतिरिक्त क्रियाकलापमा जोड दिने वक्ताहरुको भनाइ थियो ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij