
बिहिवार , श्रावण १५, २०७७
भैरहवा, १५ साउन ।
जनमत पार्टी रुपन्देही, कोटहीमाई गाउँपालिकास्तरीय विस्तारित बैठक बिहीबार सम्पन्न भएको छ । बैठकमा विगतको समिक्षा, आगामी रणनीति र कार्यशैली, मधेशको अवस्था, स्थानीय तहको कर्तव्य र जनताको गुनासोबारे छलफल गरिएको पार्टीका केन्द्रीय सदस्य भोपेन्द्र यादवले बताए ।
बैठकमा जनमत पार्टी रुपन्देहीका संयोजक रामकेश गुप्ता, सह–सचिव कृष्ण कोहार, सुनिल यादव, संजय कुमार मिश्रा, क्षेत्र नम्बर ४ संयोजक सन्तोष यादवm कोटहीमाई गा पा. इञ्चार्ज अक्बर अली खान तथा वडा नम्बर १ देखि ७ वडाका इञ्चार्जहरुको उपास्थिति रहेको पार्टीले जनाएको छ । सुवासचन्द्र यादवको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij