images

बिहिवार, बैशाख ६ गते २०८१

भैरहवामा बीएफसीको शुभारम्भ, कुखुराको मासुको विभिन्न फ्राइ परिकार पाइने

भैरहवामा बीएफसीको शुभारम्भ, कुखुराको मासुको विभिन्न फ्राइ परिकार पाइने

images
images
images
सोमवार, फाल्गुण २९ २०७९
सोमवार, फाल्गुण २९ २०७९
  • भैरहवामा बीएफसीको शुभारम्भ, कुखुराको मासुको विभिन्न फ्राइ परिकार पाइने

    भैरहवा, २९ फागुन ।
    भैरहवामा विश्वास फ्राइ चिकेन (बीएफसी) को शुभारम्भ भएको छ । भैरहवाको हाटबजारमा बीएफसीको शुभारम्भ भएको हो । फर्मको सोमबार एक कार्यक्रमकाबीच सिद्धार्थ उद्योग वाणिज्य संघ, रुपन्देहीका अध्यक्ष ठाकुर कुमार श्रेष्ठले उद्घाटन गरेका छन् । सो अवसरमा बोल्दै अध्यक्ष श्रेष्ठले विषम परिस्थितिमा विभिन्न पसल बन्द भइरहेको बेला बीएफसीको शुभारम्भ हुनु खुसीको विषय भएको बताए । उनले फर्मको सफलताको काम गर्दै आवश्यक सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे ।

    images
    images
    images

    बीएफसीका सञ्चालक पराग दास गोर्खालीले बीएफसीको शाखाहरु शंकरनगर, भलवारी लगायतका स्थानमा पनि शुभारम्भ हुन लागेको जानकारी दिए । उनले करिब २० करोड लगानी रहेको बताए । उनले लकडाउनको समयमा कतिपय उत्पादनले बजार नपाइ त्यतिकै खेर गएको बारेमा आफूले महसुस गर्दै केही गर्नुपर्छ भन्ने सोचमा पुगेको बताए । उनले भने, ‘हामीले फ्राइ चिकेन ५१० रुपैयाँ प्रतिकेजी विक्री गरिरहेका छौं, जबकी ४ सय रुपैयाँप्रति केजी कुखुराको मासु छ । यो कसरी सम्भव भयो भन्ने प्रश्न आँउछ । कुखुराको मूल्य सस्तो हुँदा स्टक गरेर राख्न सकेमा पछि सस्तो मूल्यमा विक्री गर्न सकिन्छ । ’ अहिले जिउँदो कुखुराको मूल्य प्रतिकेजी रु. २७० भए पनि केही महिना अघि प्रतिकेजी रु. १६० रहेको उनले बताए । 

    बीएफसीका बजार व्यवस्थापक दिनेश खनालले ब्रोइलर कुखुराको मासु फ्राइ गरेर विभिन्न परिकार बनाइ विक्री गरिने बताए । उनले तयारी मासु घरमै लगेर खान सकिने बताए । उनले भने, ‘यहाँ स्वस्थकर तथा स्वादिलो मासु पाउन सकिन्छ । ’ धेरै व्यवसायी धरासायी अवस्थामा पुगेको बेला चुनौतीकाबीच सञ्चालन गरिएको उनको भनाइ छ । बीएफसीमा कुखुराको मासुको विभिन्न फ्राई परिकारहरुको साथै ससेज, मःम सुपथ मूल्यमा पाइने खनालले बताए । दिपेन्द्र बुढाप्रितीको सञ्चालनमा सम्पन्न कार्यक्रम सम्पन्न भएको थियो । शुभारम्भको अवसरमा बीएफसीले सम्पूर्ण परिकारमा १५ प्रतिशत छुट दिएको छ । 

    kkk.jpg

    images
    images
    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij