२०८३, बैशाख १० गते

Apr 23 2026 | २०८३, बैशाख १० गते

काशीमा कक्षा १० का विद्यार्थीलाई बिदाई

आइतवार , चैत्र ५, २०७९

  • 1.5K
    Shares
  • 1.5K
    Shares
  • भैरहवा, ५ चैत ।
    काशी नोबल एकेडेमी सिद्धार्थनगर, रुपन्देहीमा कक्षा ९ का विद्यार्थीले कक्षा १० का विद्यार्थीलाई बिदाई गरेका छन् । कक्षा ९ का छात्रा श्रीदिमा पन्तको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि एकेडेमीका प्राचार्य राजेन्द्र घिमिरेले आगामी शैक्षिक यात्राको सफलताको शुभकामना व्यक्त गरेका थिए । कार्यक्रममा ‘स्टुडेन्ट अफ द इयर–२०७९’ बाट कक्षा १० का विद्यार्थी श्रीधर केवट सम्मानित भएका थिए ।

    कक्षा ९ का छात्र रजोल आचार्यको स्वागत मन्तव्य तथा अनुज्ञा पन्थी, संस्कृति खड्का, प्रिति धवल र आर्या श्रेष्ठको सञ्चालनमा भएको कार्यक्रममा सहायक प्राचार्य श्री रायमाझी, शिक्षक विरेन्द्र यादव, डिलाराम पाण्डे, हरि प्रसाद आचार्य, कक्षा १० का विद्यार्थी नवराज उपाध्याय, आयुष्मा नेपाल, आकाश पाल, सुप्रिंयांक कार्की लगायतले बोल्दै एसईई परीक्षाको सफलताको शुभकामना व्यक्त गरेका थिए । कार्यक्रममा कक्षा ९ का विद्यार्थीद्वारा रोचक नृत्य प्रस्तुत गरेका थिए । कार्यक्रममा विद्यार्थीलाई मायाको चिनो प्रदान गरी बिदाई गरिएको थियो ।