२०८२, श्रावण ३० गते

Aug 15 2025 | २०८२, श्रावण ३० गते

स्ववियू निर्वाचन : बुटवल बहुमुखी क्याम्पसमा २ हजार ६८१ मत खस्यो

आइतवार , चैत्र ५, २०७९

  • 2.8K
    Shares
  • 2.8K
    Shares
  • भैरहवा, ५ चैत ।  बुटवल बहुमुखी क्याम्पसमा स्ववियू निर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न भएको छ । निर्वाचनमा ३७.७० प्रतिशत अर्थात २ हजार ६८१ मत खसेको छ । ६ वटा सङ्गठनले भाग लिएको यस क्याम्पसमा ७ हजार १ सय १० मतदाता विद्यार्थी रहेका छन् ।

    यहाँ यस अघि २०६५ सालमा मतगणना हुने बेला र २०७३ सालमा निर्वाचन सबै प्रक्रिया टुङ्गाएर उम्मेदवारी दर्ता गर्ने बेला रोकिएको थियो । लामो समय रोकिएको बुटवल बहुमुखी क्याम्पसको स्ववियु निर्वाचनलाई निकै चासोका साथ हेरिएको छ । यस अघिका सबै स्ववियु निर्वाचनमा एमाले निकट अनेरास्विवियुले जितेको थियो । मतगणना आजैबाट गणना गर्ने तयारी रहेको छ ।