२०८३, श्रावण १० गते

Jul 26 2026 | २०८३, श्रावण १० गते

भीम रावलको प्रश्न: जनताको मुख थुन्ने कु–बुद्धी कस्ले सिकायो ?

बुधवार , चैत्र ८, २०७९

  • 1.2K
    Shares
  • 1.2K
    Shares
  • काठमाडौं, ८ चैत । नेकपा एमालेका नेता भीम रावलले प्रहरीले मुख थुनेर बोल्न नदिएको बिषयमा आपत्ति जनाएका छन्।

    गत मंगलवार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड उपस्थित एक कार्यक्रममा सहभागी युवाले बैंकको ब्याँज घटाउनु पर्ने भन्दै नाराबाजी गरे पछि प्रहरीले युवाहरुको मुख थुनिदिएको थियो, सोही घटनालाई लिएर रावलले आपत्ति जनाएका हुन ।

    ‘जनताको मुख थुन्ने तथा देश, विदेशलाई हेर्ने आफ्नै विवेकको आँखा थुन्ने तर दलाल पूँजिपति र वाह्य हस्तक्षेपकारीहरूलाई देश, सँस्कृति र राज्यमा दाईँ गर्न खुला छोड्ने ? यस्तो कुबुध्दि कसले सिकायो ?' रावलले टविट गर्दै भनेका छन ।