शुक्रवार , श्रावण १६, २०७७
भैरहवा, १६ साउन ।
रुपन्देही यूवा समूहले तिलोत्तमामा संगठन विस्तार गरेको छ । नयाँमिलमा सम्पन्न समूहको भेलाले तिलक प्रसाद ढकालको अध्यक्षतामा तिलोत्तमा नगर समिति गठन गरेको गरेको छ । जसको उपाध्यक्षमा सुसान बस्याल, कोषाध्यक्षमा यज्ञ प्रसाद न्यौपाने, सह–सचिवमा सायद पाठक र सह–कोषाध्यक्षमा सुनिल न्यौपाने रहेका छन् ।
त्यस्तै सदस्यमा आशिष पाण्डे, आयुषी श्रेष्ठ, दुर्गा थापा, मनोज भण्डारी, बुद्धि बहादुर पराजुली, विष्णु श्रेष्ठ, विष्णु ढकाल, विष्णु पौडेल, विक्की थापा, सचित तिवारी, सञ्जय पाण्डे, सविना ज्ञवाली, सुरज भण्डारी, सामुल थापा, विक्रम गुप्ता र मन बहादुर कार्की रहेका छन् ।
समूहका रुपन्देही अध्यक्ष विशाल गुप्ताको प्रमुख आतिथ्यता तथा महासचिव कृष्ण प्रसाद खरेलको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।
© 2026 All right reserved to khabarpatro.com | Site By : sobij