images

शुक्रवार, बैशाख १४ गते २०८१

‘तिलौराकोट–कपिलवस्तु सम्पदा उत्सव’

‘तिलौराकोट–कपिलवस्तु सम्पदा उत्सव’

images
images
images
सोमवार, चैत्र १३ २०७९
सोमवार, चैत्र १३ २०७९
  • ‘तिलौराकोट–कपिलवस्तु सम्पदा उत्सव’

    भैरहवा, १३ चैत ।
    प्राचीन शाक्य गणराज्यको राजधानी कपिलवस्तुुका पुरातात्विक सम्पदाहरुको संरक्षण र प्रचारप्रसार गर्ने उद्देश्यले सोमबार ‘तिलौराकोट–कपिलजस्तु सम्पदा उत्सव’ गरिएको छ । लुम्बिनी विकास कोष, पुरातात्व विभाग, यूनेस्को लगायतका संस्थाहरुको संयुक्त आयोजनामा तिलौराकोटमा सम्पदा उत्सव गरिएको हो ।

    images

    उक्त अवसरमा बोल्दै प्रतिनिधिसभा सदस्य अमृता अग्रहरीले बुद्धको गृहनगर प्राचीन कपिलवस्तुका पुरातात्विक सम्पदाहरुको उत्खनन् चाँडो गर्न आग्रह गरिन । बुुद्धले २९ वर्ष बिताएको कपिलवस्तुु पछाडि परेको बताउँदै यसको विकासमा लागिपर्ने बताइन् । 

    त्यस्तै कार्यक्रममा लुम्बिनी प्रदेशसभा सदस्य सुधाकर पाण्डेयले तिलौराकोटलाई जतिसक्दो चाँडो विश्व सम्पदा सूूचीमा सूचीकरण गर्न पुरातात्व विभाग र लुम्बिनी विकास कोषलाई आग्रह गरे । उनले कपिलवस्तुुमा सयौं उत्खनन गर्नुपर्ने सम्पदाहरु रहेको तर, उत्खनन हुन नसकेको बताए । अर्का प्रदेशसभा सदस्य अर्जुन केसीले कपिलवस्तुुमा निकै सुुस्त गतिमा उत्खनन् हुँदा पुरातात्विक सम्पदाहरु विनाश हुने खतरामा रहेको बताए । उनले पुरातात्व विभागलाई उत्खनन् गर्ने जनशक्ति उत्पदानमा ध्यान दिन आग्रह गरे । 

    कार्यक्रममा लुम्बिनी विकास कोषका उपाध्यक्ष भिक्षुु मैत्तय (अवधेश कुमार त्रिपाठीले पुरातात्विक हिसाबले अन्वेषण गर्नुपर्ने भएकाले विकासमा ढिलाइ भएको बताए । उनले तिलौराकोटलाई आगामी सन् २०२४ मा विश्व सम्पदा सूूचीमा सूूचीकरण गर्नका लागि प्रस्ताव पेश गर्ने गरी तयारी गरिएको बताए । उनले कपिलवस्तुुको विकासका सवालमा लुम्बिनी विकास कोषले गुुरुयोजना तयार पारेर केही महिनामा सार्वजनिक गर्ने र त्यसैका आधारमा विकासको गति अगाडि बढ्ने बताए । 

    त्यस्तै कार्यक्रममा पुरातात्व विभागका महानिर्देशक दामोदर गौतमले तिलौराकोटलाई विश्व सम्पदा सूूचीमा सूूचीकरण गर्नका लागि उच्च प्राथमिकतामा राखेको बताउँदै त्यसका लागि विभागले उत्खनन्लाई पनि तीव्रता दिएको बताए । उनले कपिलवस्तुमा अझै ठूूलो स्केलमा उत्खनन् र देखिने गरी काम गर्नुपर्ने खाँचो रहेको बताए । 

    सम्पदा उत्सवमा दुुर्हम विश्वविद्यालयका प्रोफेसर डा. रविन कनिङघम र पुरातात्व विभागका पुरातात्व अधिकृत विष्णुु पाठकले पछिल्लो पटक गरेको उत्खननबाट तिलौराकोटको विहार क्षेत्रमा बौद्धकालिन अवशेषहरु फेला परेको जानकारी गराएका थिए । 

    कार्यक्रममा भाषा संस्कृतिका विषयमा प्यानल छलफल समेत गरिएको थियो । आदिवासी जनजातिको भाषा र संस्कृति सम्पदाका विषयमा गंगा पुन, देवराज गुुरुङ, सुमित्रा थारु सहभागी छलफलमा वर्षा लेखीले सहजीकरण गरेकी थिइन् । 

    उत्सवमा थारु कला संस्कृतिहरुको प्रदर्शन तथा विभिन्न नृत्यहरु समेत प्रस्तुत गरिएको थियो । कार्यक्रमअघि विभिन्न देशबाट आएका विज्ञ समूहरुलाई प्रो. डा रविन कनिङघमले तिलौराकोट दरबार क्षेत्र, उत्खनन्बाट प्राप्त प्रमाणहरुको बारेमा जानकारी गराएका थिए । कपिलवस्तुमा प्रत्येक वर्ष तिलौराकोट–कपिलवस्तुु सम्पदा हुँदै आएको कोषका कपिलवस्तुु शाखा प्रमुख माधव प्रसाद आचार्यले जानकारी दिए । 

     

    images
    images
    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij