आइतवार, जेठ २१ गते २०८०

बुटवल–७ का अव्यवस्थित बसोबासीले पाए लालपूर्जा

बुटवल–७ का अव्यवस्थित बसोबासीले पाए लालपूर्जा

images
images

खबर पात्रो

१४, चैत्र २०७९
  • 1.9K
    SHARES
  • बुटवल–७ का अव्यवस्थित बसोबासीले पाए लालपूर्जा

    बुटवल, १४ चैत । 
    बुटवल उपमहानगरपालिका वडा नम्बर ७ का ७ जना अव्यवस्थित बसोबासीले लालपूर्जा पाएका छन् । बुटवल उपमहानगरपालिकाको सिफारिसमा राष्ट्रिय भूमि आयोग रुपन्देहीले तयार पारेको लालपूर्जा मंगलबार बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले वितरण गर्नुभयो ।

    लालपूर्जा वितरण गर्दै प्रमुख पाण्डेयले बुटवलभित्रका अव्यवस्थित बसोबासीलाई लालपूर्जा प्राप्तिका लागि सबै प्रक्रियामा सहयोग गर्ने बताए । उनले भूमि आयोगलाई आवश्यक जनशक्तिदेखि कार्यालय व्यवस्थापनमा समेत सहयोग गरेर बुटवल क्षेत्रका लालपूर्जाबिहीनलाई लालपूर्जा दिलाउने बताए । प्रमुख पाण्डेयले बुटवलमा अहिले भूमि आयोगमा सिफारिस गरेका ब्लकहरुको सर्भे र नापजाँचको काम अगाडि बढिरहेको उनले बताए ।

    images
    images

    कार्यक्रममा बोल्दै राष्ट्रिय भूमि आयोग रुपन्देहीका अध्यक्ष हरिबहादुर आचार्यले बुटवल उपमहानगरपालिकाभित्र लालपूर्जा प्राप्त गर्न योग्य व्यक्तिलाई लालपूर्जा दिने गरी बुटवल उपमहानगरपालिकाको सहयोगमा निरन्तर काम भइरहेको बताए । उनले बुटवल उपमहानगरपालिकाको निरन्तर पहलकै कारण लालपूर्जा वितरण गर्न सकिएको बताउँदै बाँकी क्षेत्रको लालपूर्जा वितरणको प्रक्रिया अगाडि बढेको बताए ।

    कार्यक्रममा बोल्दै वडा नम्बर ७ का अध्यक्ष पदमबहादुर थापाले ७ जनाले लालपूर्जा पाएको र बाँकीले पनि छिट्टै लालपूर्जा दिने गरी भूमि आयोगले काम गरिरहेको बताए ।

    images
    images
    प्रकाशित मिति :चैत्र १४, २०७९ मंगलवार - २१:१९:१० बजे

    खबर पात्रो

    धेरै पढिएको

    Copyright © All right reserved to khabarpatro

    Site By: SobizTrend