images

शुक्रवार, चैत्र १६ गते २०८०

खोलामा फोहोरमैला नफाल्न बुटवल उपमहानगरपालिकाको आग्रह

खोलामा फोहोरमैला नफाल्न बुटवल उपमहानगरपालिकाको आग्रह

images
images
images
बुधवार, चैत्र १५ २०७९
बुधवार, चैत्र १५ २०७९
  • खोलामा फोहोरमैला नफाल्न बुटवल उपमहानगरपालिकाको आग्रह

    बुटवल, १५ चैत । 
    रुपन्देहीको बुटवल उपमहानगरपालिकाल खोला र सार्वजनिक क्षेत्रमा फोहोरमैला नफाल्ने आग्रह गरेको छ । बुटवलको वडा नम्बर ४ आदर्शनगरदेखि वडा नम्बर १० बेसक्याम्प चोकसम्मको सुखौरा खोलाको क्षेत्रका स्थानीयसँगको छलफलका क्रममा नगरप्रमुख खेलराज पाण्डेयले नगरलाई सफा राख्ने दायित्व स्थानीयको समेत रहेकोले नगर सफा राख्नका लागि आह्वान गरे । उनले दैनिक फोहोर संकलनका लागि नगरबाट गाडी र सरसफाईकर्मीको व्यवस्था भएको र सोहीअनुसारले व्यवस्थापन गर्दै आएकोमा खोलामा फोहोर फालेर दुगन्र्ध फैलाउने र रोग फैलाउने काम नगर्न सुझाव दिए ।

    images
    images
    images

    उनले फोहोरमैला फाल्ने, पशुपंक्षीको बध गरेपछि निस्केको फोहोर, बुंगुरसुंगुरको खोरको फोहोर र अन्य फोहोर खोलामा सिधै फाल्ने गरेपछि बुटवल उपमहानगरपालिकाले नियन्त्रण गर्न थालेको हो । उनले छिटै नै खोलाहरुमा फोहोर र अन्य सामग्री फाल्नेहरुलाई नियमन गर्दै फोहोर व्यवस्थापनको कामलाई व्यवस्थित गर्न जथाभावी फोहोर फाल्नेलाई कानूनी दायरामा ल्याउने बताए ।

    उनले स्वास्थ्यका लागि पनि नगरलाई सफा राख्नुपर्ने स्थानीयको समेत दायित्व रहेकाले गम्भीर बन्न सुझाव दिए ।
    स्थानीयले खोलामा बंगुर सुंगुर, कुखुरा, हाँसजस्ता पशुपंक्षीको दिसापिसाब र फोहोर सिधै खोलामा फाल्ने गरेको र जसले दुर्गन्ध फैलाएको पाइएको भन्दै त्यस्ता गतिविधि नियन्त्रण गर्न सरसफाई शाखालाई निर्देशन दिए ।

    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij