आइतवार, जेठ २१ गते २०८०

भैरहवामा सोनालिकाको कम्बाईन्ड हार्भेष्टरको विक्री सुरु

भैरहवामा सोनालिकाको कम्बाईन्ड हार्भेष्टरको विक्री सुरु

images
images

खबर पात्रो

१६, चैत्र २०७९
  • 503
    SHARES
  • भैरहवामा सोनालिकाको कम्बाईन्ड हार्भेष्टरको विक्री सुरु

    भैरहवा, १६ चैत ।
    शौरभ इन्टरप्राईजेजको भगिनी संस्था शौरभ कृषि फार्मले गहुँ तथा धान काट्ने कम्बाईन्ड हार्भेष्टरको मेशिनको विक्री सुरु गरेको छ । सोनालिकाले बजारमा ल्याएको यो नयाँ सिरीजको कृषि यन्त्र भएको शौरभ इन्टरप्राईजेजले बुधबार भैरहवामा पत्रकार सम्मेलज गरी जानकारी गराएको छ ।

    IMG_2640.JPG

    विगत ६ वर्षदेखि कृषि क्षेत्रमा प्रयोग हुने मेशिन विक्री वितरण गर्दै आएको फार्मले भारतीय कम्पनी सोनालिकाले उत्पादन गर्दै आएको विभिन्न कृषि उपकरणहरु देशभैर विक्री गर्दै आएको शौरभ इन्टरप्राईजेज भैरहवा, रुपन्देहीका अध्यक्ष दीपक श्रेष्ठले बताए । उनकाअनुसार गहुँ धान काट्ने यो यन्त्र फोर डब्लु डी र टु डब्लु डि  गरी २ मोडलका छन् । फोर डब्लु डीको ५१ लाख रुपैया र टु डब्लु डीको ४८ लाख रुपैयाँ मुल्य (करसहित) रहेको श्रेष्ठले जानकारी दिए ।

    images
    images

    ‘सबैभन्दा छिटो, कम लागतमा बढी गहँु र धान काट्ने यो यन्त्र अहिले निकै लोकप्रिय भइरहेको छ । यसको क्षमता गहुँ तथा धान १ घण्टामा १ विगाहामा काट्ने गर्दछ । डिजल इञ्जिनबाट चल्ने यो यन्त्रले १ घन्टामा ७ देखि ९ लिटर डिजल खपत गर्दछ । उनले भने, ‘यो अहिले सम्मकै सबैभन्दा किफायती हो । ’ इन्जन र गियरबक्समा १ वर्षको वारेण्टी रहेको यसको क्षमता धान गहुँ कटानपछि १८ क्वीन्टल राख्न मिल्ने टैंक रहेको श्रेष्ठले बताए ।

    उनकाअनुसार यसमा कटर ग्रेडर लगाएपछि धान गहुँबाहेक मकै अरहर, मसुरो, सुर्यमुखी काट्न मिल्छ । सौरभ कृषि फार्म सोनालिकाको कम्बाईन्ड हारभेष्टरको सप्लायर्स नेपालमा एकमात्र रहेको श्रेष्ठले बताए ।

    ‘जनशक्तिको अभाव भएको बेलामा यो उपकरणले किसानलाई धेरै राहत दिन्छ । विक्रीपछिको सेवा उपलब्ध छ । घर खेत जहा बिग्रे पनि त्यही गएर मर्मत गर्ने सेवा उपलब्ध छ, ’उनले भने ।

    सोनालिकाको कृषि उपकरण विक्री गर्दै आएकोमा कम्बाईन्ड हार्भेष्टरको नेपालकै डिलर र अन्य उपकरण रोटाभेटर, कल्टिभेटरसहितका यन्त्रको पनि शौरभ कृषि फार्मले विक्री गर्दै आएको सौरभ इन्टरप्राईजेजले जनाएको छ  । 

    ‘जसअन्तर्गत लेजर लेबलर (जमिन एकनास पार्ने उपकरण), धान थ्रेसर (धान दाउने मेशिन), गहुँ थ्रेसर काटेका गहुँ दाउने मेशिन (पहाडमा बढी चल्छ), रिभर्सेबुल प्लाउड (जमिनलाई ८ इन्चदेखि १८ इन्चसम्म खेतको माटोलाई तलमाथिलाई ल्याउने, मलचर (धान मकै, उखु र अन्य बाली लगायतका वस्तु काटिसकेपछि आउने छ्वाली नलहरुलाई मसिनो तरिकाले काटी मल बनाउन मद्दत गर्ने, स्ट्रा रिभर (भुस मेशिन) : गहुँ काटिसकेपछि गाईवस्तुलाई खुवाउन मिल्ने गरी बनाउने मेशिन, जिरो भेटर, धेरै मसिनो गरी जोत्ने रहेका छन् । सम्पूर्ण सामानहरुको देशैभरी डेलिभरी सेवा समेत उपलब्ध रहेको छ, ’अध्यक्ष श्रेष्ठले भने ।

    १४ फिटको कटर, ६ सिलिण्डरको इञ्जिन रहेको यो कम्बाईन्ड हार्भेष्टर उत्कष्ट रहेको यसको उद्योग पञ्जाव होशियारपुरमा रहेको श्रेष्ठले बताए । नेपालको तराई क्षेत्रमा यसको माग अधिक रहेको उनले जानकारी दिए ।
    पत्रकार सम्मेलनमा बोल्दै नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोखरेलले कृषि क्षेत्रलाई प्रवद्र्धनका लागि पत्रकारले कलम चलाउनुपर्ने बताए । उनले कृषि सामग्रीको उत्पादकत्व बढाउन उपलब्ध स्रोतसाधनको अधिकतम प्रयोग गर्नुपर्नेमा जोड दिए ।

    IMG_2646.JPG

    images
    images
    प्रकाशित मिति :चैत्र १६, २०७९ बिहिवार - ०७:०८:३६ बजे

    खबर पात्रो

    धेरै पढिएको

    Copyright © All right reserved to khabarpatro

    Site By: SobizTrend