images

शनिवार, बैशाख १५ गते २०८१

नाबालिगमाथि सामूहिक बलात्कार गर्ने दुईजना पक्राउ

नाबालिगमाथि सामूहिक बलात्कार गर्ने दुईजना पक्राउ

images
images
images
मंगलवार, चैत्र २१ २०७९
मंगलवार, चैत्र २१ २०७९
  • नाबालिगमाथि सामूहिक बलात्कार गर्ने दुईजना पक्राउ

     काठमाडौं, २१ चैत  । नाबालिगमाथि सामूहिक बलात्कारको आरोपमा दुईजना पक्राउ परेका छन् ।

    images

    काठमाडौं उपत्यका अपराध अनुुसन्धान कार्यालयले मंगबार अपरान्ह जारी गरेको विज्ञप्तिअनुसार ग्राण्डी अस्पताल नजिक रहेको गेष्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुईजनालाई पक्राउ गरिएको हो । 

    पक्राउ पर्नेमा सिन्धुपाल्चोक मेलम्ची नगरपालिका–३ घर भई हाल काठमाडौंको टोखा नगरपालिका–६ धापासी बस्ने २१ वर्षाीय  आशिष भन्ने निमा तामाङ र काभ्रेपलाञ्चोक महाभारत गाउँपालिका–७ घर भई हाल टोखा–६ धापासी बस्ने २१ वर्षीय कुशल श्रेष्ठ रहेका प्रहरीले जनाएको छ । 

    प्रहरीका अनुसार निमा तामाङले नक्कली फेसबुक आईडी खोलेर पीडितलाई साथी बनाएर भेटघाट गरेका थिएइ । गत ६ फागुनमा तामाङ र श्रेष्ठले ग्राण्डी अस्पताल नजिक रहेको गेष्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको प्रहरीले जनाएको छ । 

    आरोपी दुवैजनालाई सोमबार काठमाडौं उपत्यका अपराध अनुुसन्धान कार्यालयको टोलीले पक्राउ गरी थप अनुसन्धान र कारबाहीका लागि प्रहरी वृत्त महाराजगञ्ज पठाइएको प्रहरी उपरीक्षक रविन्द्र रेग्मीले जानकारी दिए । 
     

    images
    images
    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij