२०८३, बैशाख ८ गते

Apr 21 2026 | २०८३, बैशाख ८ गते

रुपन्देहीमा विभिन्न मुद्दाका १३ जना फरार प्रतिवादी पक्राउ

शुक्रवार , चैत्र २४, २०७९

  • 7.8K
    Shares
  • 7.8K
    Shares
  • भैरहवा, २४ चैत ।
    रुपन्देही प्रहरीले विभिन्न मुद्दाका १३ जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ । प्रहरी चौकी खैरेनी, रुपन्देहीबाट खटिएको टोलीले चैत २२ गते बुधबार विभिन्न अपराधमा संलग्न प्रतिवादीहरुलाई उनीहरुको घर वतनमा फेला पारी पक्राउ गरेको हो ।

    पक्राउ गरिएका प्रतिवादीहरुलाई फैसला कार्यान्यवन (कैद तथा जरिवाना भुक्तान) का लागि रुपन्देही जिल्ला अदालतमा बुझाइएको जिल्ला प्रहरी कार्यालय, रुपन्देहीका प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक (डीएसपी) श्यामु अर्यालले बताए । ‘रुपन्देही जिल्ला अदालतको विभिन्न मितिको फैसलाले विभिन्न मुद्दामा फरार रहेका १३ जना प्रतिवादीहरुलाई पक्राउ गरी अदालतमा बुझाइएको छ, ’डीएसपी अर्यालले भने । विभिन्न मुद्दाका १७ महिना १६ दिन कैद र रु. १ लाख ७४ हजार १ सय ५३ जरिवाना सजाय ठहर भएका १३ जनालाई प्रहरीले नियन्त्रणमा लिइ अदालतमा बुझाएको उनले बताए ।

    पक्राउ पर्नेमा जुवा मुद्दाका कान्छी गुरुङ, हरि प्रसाद खनाल, ठगी मुद्दाका दामोदर चौधरी, वन मुद्दाका गंगाराम वि.क., दलबहादुर थापा, टेकबहादुर सुनार, यमबहादुर क्षेत्री, रमेश कुमाल, कान्छो कामी, चोरी मुद्दाका सागर खवास, रामबहादुर लामा तामाङ, सार्वजनिक मुद्दाका निशव श्रेष्ठ र बहुविवाह मुद्दाका धुव्र कुमार श्रेष्ठ रहेको प्रहरीले जनाएको छ । प्रहरीकाअनुसार पक्राउ पर्ने १३ जना फरार प्रतिवादीहरु देवदह नगरपालिका अन्तर्गत विभिन्न वडाका बासिन्दा हुन् ।