२०८२, आषाढ २८ गते

Jul 12 2025 | २०८२, आषाढ २८ गते

वडा कार्यालय र स्वास्थ्य चौकी भवन सञ्चालनमा ल्याउन सक्षम सहाराको माग

मंगलवार , चैत्र २८, २०७९

भैरहवा, २८ चैत ।
सक्षम सहारा बहुउद्देश्यीय महिला समूह सिद्धार्थनगर नगरपालिका–६ किशोरपुर, रुपन्देहीले वडा कार्यालय र स्वास्थ्य चौकी सञ्चालनमा ल्याउन माग गरेको छ । आइतबार सिद्धार्थनगर नगरपालिकाका प्रमुख इश्तियाक अहमद खानलाई ध्यानाकर्षण पत्र बुझाउँदै समूहले एक वर्ष अघि उद्घाटन भइसकेको सिद्धार्थनगर–६ को वडा कार्यालय र स्वास्थ्य चौकी भवन सञ्चालनमा ल्याउन माग गरेको हो ।

वडा कार्यालय र स्वास्थ्य चौकी भवन सञ्चालनमा नआउँदा आफ्नै वडाबाट सेवा लिन वञ्चित भएको समूहकी अध्यक्ष शान्ता कंडेलले बताइन् । ‘वडा कार्यालय भवन उद्घाटन हुँदा अब हामी सेवा आफ्नै वडाबाट पाउने भयौं भनेर खुसी भएका थियौं । स्वास्थ्य चौकी भएर पनि कोरोनाविरुद्धको खोप तथा अन्य सेवा अर्को वडामा गएर लिन बाध्य भएका छौं, ’ध्यानाकर्षणपत्रमा भनिएको छ । २०७८ चैत १५ गते उद्घाटन भइसकेको वडा कार्यालय र स्वास्थ्य चौकी नयाँ भवनबाट शिघ्र सञ्चालनमा ल्याइ सेवाग्राहीलाई सेवा उपलब्ध गराउन समूहले माग गरेको छ ।

1800.jpg