२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

रोहिणी–३ मा जसपाको टोल कमिटी गठन

शुक्रवार , श्रावण १६, २०७७



भैरहवा, १६ साउन ।
जनता समाजवादी पार्टी नेपाल (जसपा) रुपन्देही क्षेत्र नम्बर १ ले संगठन विस्तार अभियानलाई तीव्रता दिएको छ । सोही क्रममा शुक्रबार पार्टीले रोहिणी गाउँपालिका–३ रामनगरमा ५१ सदस्यीय टोल कमिटी गठन गरेको जसपाका युवा नेता विद्या यादवले बताए ।

रामदास कुर्मीको अध्यक्षतामा गठन भएको टोल कमिटीको उपाध्यक्षमा मालती नाउ, साधु तेली, सुनिल धोबी, सचिवमा विनोद प्रसाद कलवार, कोषाध्यक्षमा संजय चौधरी र सह–सचिवमा राकेश सहानी रहेका छन् ।

कार्यक्रममा जसपाका केन्द्रीय सदस्य नेता देवेन्द्र पाण्डे सागर, जिल्ला सदस्य जुद्ध प्रकाश चौधरी लगायतले बोल्दै जसपाले जनताको मन जित्न सफल भएकै कारण पार्टीप्रति जनताको विश्वास बढ्दै गएको बताए । 

पार्टीका युवा नेता रोहित केवटको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

यस अघि जसपाले बुधबार ओमसतिया गाउँपालिका वडा नम्बर ६ नरैनापुर र बिहीबार देवदह नगरपालिका वडा नम्बर १२ सुक्रौलीमा टोल कमिटी गठन गरेको थियो ।