२०८२, आषाढ २८ गते

Jul 12 2025 | २०८२, आषाढ २८ गते

ओमसतिया गाउँपालिकाद्वारा भित्तेपात्रो विमोचन 

बिहिवार , चैत्र ३०, २०७९

भैरहवा, ३० चैत । 
रुपन्देहीको ओमसतिया गाउँपालिकाले नयाँ वर्ष २०८० सालको भित्तेपात्रो (क्यालेण्डर) विमोचन गरेको छ । बिहीबार गाउँपालिकामा नयाँ वर्षको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम तथा भित्तेपात्रो विमोचन गरिएको हो ।

कार्यक्रममा गाउँपालिका अध्यक्ष मन्जित कुमार यादव (सोनु), प्रमुख प्रशासकीय अधिकृत विपिन क्षेत्री, गाउँपालिकाका प्रवक्ता एवं वडा नम्बर ५ का वडअध्यक्ष मदन प्रसाद पोखरेल, वडा नम्बर २ का वडाअध्यक्ष शितल जि.टी., ४ का वडाअध्यक्ष अखिलेश्वर कुमार पाण्डेले संयुक्त रुपमा नयाँ वर्षको भित्तेपात्रो विमोचन गरेका हुन् । 

कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष यादवले २०७९ सालमा पालिकाले  गुनासोरहित कार्यसम्पादन गरेको जनाउँदै नयाँ वर्ष २०८० मा पनि अझै उत्कृष्ट कार्यसम्पादन गर्न सबै कर्मचारीलाई आग्रह गरे । उनले नयाँ वर्षले कर्मचारी र जनप्रतिनिधिबीचको सम्बन्ध अझै सुमधुर हुने विश्वास ब्यक्त गरे ।

कार्यक्रममा गाउँपालिकामा कार्यरत विभिन्न शाखा प्रमुखहरु, कार्यपालिका सदस्यहरुले शुभकामना व्यक्त गरेका थिए । गाउँपालिकाका शिक्षा शाखा प्रमुख हरि प्रसाद पोखरेलको स्वागत तथा चक्रपाणी गैरेको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।