२०८२, श्रावण ३० गते

Aug 15 2025 | २०८२, श्रावण ३० गते

राप्रपाको युवा संगठनद्वारा नयाँ वर्षमा रक्तदानको आयोजना

शुक्रवार , बैशाख १, २०८०

  • 1.7K
    Shares
  • 1.7K
    Shares
  • काठमाडौं, १ वैशाख ।
    राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) निकट राष्ट्रिय प्रजातान्त्रिक युवा संगठनले नयाँ वर्षको अवसरमा शुभकामना आदानप्रदान एवं रक्तदान कार्यक्रमको आयोजना गरेको छ । 

    राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले रक्तदान गरी कार्यक्रमको शुभारम्भ गरेका छन् । अध्यक्ष लिङ्देनले शुक्रबार ८४ औं पटक रक्तदान गरेका हुन् ।

    रक्तदान जस्तो पवित्र कार्यबाट वर्षको सुरुवात गर्न पाएकोमा प्रसन्नता व्यक्त गर्दै अध्यक्ष लिङ्देनले नयाँवर्षको अवसरमा स्वदेश तथा विदेशमा रहेका नेपालीलाई शुभकामना समेत व्यक्त गरे । 

    युवा संगठनद्वारा आयोजित कार्यक्रममा अध्यक्ष लिङ्देन, महामन्त्री डा. धवल शमशेर राणा, प्रवक्ता मोहन श्रेष्ठ, सांसद् बिना लामा, सनातन धर्म संस्कृति संगठनका अध्यक्ष पुष्पराज पुरुष, युवा संगठन अध्यक्ष सुजित केसी, युवा मोर्चा अध्यक्ष कैलाश कटुवालगायत ५७ जनाले रक्तदान गरेको संगठनका संयोजक सुजित केसीले जानकारी दिए ।