२०८२, श्रावण ३० गते

Aug 15 2025 | २०८२, श्रावण ३० गते

जनताको आकांक्षा पूरा गर्न प्रतिवद्व छौं : मुख्यमन्त्री गिरी

शुक्रवार , बैशाख १, २०८०

  • 1.8K
    Shares
  • 1.8K
    Shares
  • रूपन्देही, १ वैशाख ।                    
    लुम्बिनी प्रदेशका मुख्यमन्त्री लिला गिरीले प्रदेश सरकार जनताको आकांक्षा पूरा गर्न प्रतिबद्ध रहेको बताएका छन् । ‘समृद्ध प्रदेश, आत्मनिर्भर लुम्बिनी’ को लक्ष्यलाई विकास र समृद्धिको बाटोबाट पुरा गर्न सार्थक योगदानका लागि संकल्पित रहेको बताए ।

    नयाँ वर्ष २०८० को अवसरमा शुभकामना सन्देश दिदै उनले भनेका छन्, ‘नेपाली जनताको लामो संघर्ष र बलिदानबाट नै राजतन्त्रको अन्त्य भइ मुलुकमा संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था स्थापना भएको हो । परिवर्तनको जगमा स्थापित मौलिक विशेषता बोकेको संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था सञ्चालन गरिरहेका छौं ।’

    संविधान कार्यान्वयन र संघीय शासनको आधार तयार पार्ने जस्ता महत्वपूर्ण र ऐतिहासिक कार्य गर्दै सरकार अगाडि बढेको बताउँदै उनले जनताको नजिकको सरकारका रुपमा रहेको प्रदेश सरकार जनआकांक्षा पूरा गर्न प्रतिबद्ध रहेको बताए ।

    ‘पहिलो कार्यकालमा अस्थायी मुकाम बुटवलबाट शून्यबाट कामको थालनी गरेझैं यतिबेला स्थायी राजधानीस्थल राप्ती उपत्यका देउखुरीबाट उसैगरी शून्यबाट राजधानी व्यवस्थापनको कार्यको थालनी गरेका छौं’ उनले शुभकामना सन्देशमा उल्लेख गरेका छन् ।

    मिनी नेपालका रुपमा लुम्बिनी प्रदेशलाई व्यवस्थित गर्ने सरकारको योजनालाई सफल बनाउन नागरिकको सहयोगको अपेक्षा उनले गरेका छन् ।