२०८२, श्रावण ३० गते

Aug 15 2025 | २०८२, श्रावण ३० गते

चन्द्र भण्डारीको भिडियो शुभकामना सन्देश : चाँडै नेपालमै स्वास्थ्य उपचार गर्नेछु

शुक्रवार , बैशाख १, २०८०

  • 2.0K
    Shares
  • 2.0K
    Shares
  • काठमाडौं, १ वैशाख । 
    २ महिनादेखि भारतमा उपचाररत कांग्रेसका सांसद चन्द्र भण्डारीले नयाँ वर्षको अवसरमा भिडियो सन्देश जारी गरेका छन् ।

    गत ३ फागुनमा खाना पकाउने ग्यास लिएर भएर भएको आगलागीमा परेर जलेपछि भारतमा उपचार गराइरहेका सांसद भण्डारीले भिडियो सन्देशमार्फत नयाँ वर्षको सबै नेपालीहरुमा शुभकामना व्यक्त गरेका छन् । 

    सबैको माया सद्भाव, प्रेम र प्रार्थना कारण आफ्नो स्वास्थ्यमा सुधार भइरहेको बताउँदै उनले चाँडै नेपालमै आएर स्वास्थ्य उपचार गर्ने बताएका छन् ।