२०८२, भाद्र २० गते

Sep 05 2025 | २०८२, भाद्र २० गते

भीम अस्पताल विकास समितिको सदस्यमा लक्ष्मी के.सी. नियुक्त

सोमवार , बैशाख ४, २०८०

  • 4.2K
    Shares
  • 4.2K
    Shares
  • भैरहवा, ४ वैशाख ।
    लुम्बिनी प्रदेश सरकारले रुपन्देहीको भैरहवास्थित भीम अस्पताल विकास समितिको सदस्यमा लक्ष्मी के.सी.लाई नियुक्त गरेको छ । आइतबार बसेको प्रदेश मन्त्रीपरिषद्को बैठकले भैरहवा निवासी के.सी.लाई सदस्यमा नियुक्त गर्ने निर्णय गरेको हो ।

    के.सी. लायन्स क्लब अफ भैरहवा लुम्बिनीको पूर्वअध्यक्ष लगायत विभिन्न संघ–संस्थामा आबद्ध छिन् । अस्पताल विकास समितिको सदस्यमा नियुक्त भएपछि के.सी.ले अस्पतालको विकासका लागि आफू लागिपर्ने बताइन् ।

    भीम अस्पताल विकास समितिको अध्यक्षको जिम्मेवारी नारायण प्रसाद भण्डारीले सम्हाल्दै आएका छन् ।