२०८२, भाद्र १९ गते

Sep 04 2025 | २०८२, भाद्र १९ गते

काशीमा पाठ्यक्रम अभिमुखीकरण तालिम 

मंगलवार , बैशाख ५, २०८०

  • 1.2K
    Shares
  • 1.2K
    Shares
  • भैरहवा, ५ वैशाख ।
    काशी नोबल एकेडेमी सिद्धार्थनगर–१२, रुपन्देहीले सोमबार एकदिने पाठ्यक्रम अभिमुखीकरण तालिम भैरहवामा सम्पन्न गरेको छ । एकेडेमीका ५० जना बढी शिक्षक शिक्षिकाहरुलाई सो तालिम प्रदान गरिएको हो । 

    एकेडेमीका प्राचार्य राजेन्द्र घिमिरेको अध्यक्षतामा भएको तालिममा नलहरी माविका सहायक प्राचार्य युवराज पन्थीले सहभागीलाई प्रशिक्षण दिएका थिए । 

    विद्यालयका शिक्षक हरि प्रसाद आचार्यको सञ्चालनमा भएको कार्यक्रममा सिद्धार्थनगर नगरपालिका शिक्षा शाखाका प्राविधिक कृष्ण पोखरेल, विद्यालयका सहायक प्राचार्य श्री रायमाझी, निर्मल हुमागाई लगायतको सहभागीता रहेको थियो ।

    नयाँ शैक्षिक सत्रलाई ध्यानमा राखेर अध्ययन अध्यापन, मूल्यांकन, परीक्षण लगायतका विषयमा प्रशिक्षण सञ्चालन गरिएको विद्यालयले जनाएको छ ।