२०८२, भाद्र १९ गते

Sep 04 2025 | २०८२, भाद्र १९ गते

ब्लड प्रेसर लो भए तुलसीको पात खानुहोस !

मंगलवार , बैशाख ५, २०८०

  • 1.3K
    Shares
  • 1.3K
    Shares
  • धेरैपटक शरीरमा यस्ता रोगहरू देखा परेका हुन्छन, जसलाई हामीले सामान्य सम्झेर उपचारमा त्यति ध्यान दिएका हुँदैनौ र दिँदैनौँ । त्यो मध्ये एउटा रोग हो– न्यून रक्तचाप । बोलीचालीको भाषामा यसलाई ब्लड प्रेसर लो पनि भनिन्छ । धेरै पटक मानिसहरु यस रोगको लक्षण नचिनेर उपचारमा ध्यान दिदैनन् ।

    कम रक्तचापको सामान्य लक्षणहरूमा चक्कर लाग्नु, शरीर कमजोरी हुनु आदि हुन् । कम रक्तचापले समयमै उपचार नपाएमा हृदयघात, स्ट्रोक र मृगौला सबन्धी रोगको सामना गर्नुपर्ने हुन सक्छ । तर, ब्लड प्रेसर लोको समस्या भने घरमै पनि सामान्य तरिकाले समाधान गर्न सकिन्छ, त्यो पनि केही घरेलु उपायको मद्दतले । 

    यसरी ब्लड प्रेसर लो को उपचार गर्नुहोस् :

    डिहाइड्रेसन : शरीरमा पर्याप्त मात्रामा पानी नपाउँदा रगतको मात्रा कम हुन थाल्छ । जसका कारण मुटुले रक्तनलीहरु मार्फत रगत पम्प गर्न कडा परिश्रम गर्नुपर्ने हुन्छ । त्यसैले रक्तचाप घट्छ । डिहाइड्रेसनबाट बच्न प्रशस्त पानी पिउनुहोस् । 

    गर्भावस्था : गर्भावस्थाको समयमा पनि रक्तचाप घटेको हुन्छ । यद्यपि  समस्या यो समयका लागि भने सामान्य हो ।

    क्याफिन : क्याफिनको सही मात्राले रक्तचापलाई स्थिर राख्न मद्दत गर्दछ । जसका कारणले ब्लड प्रेसर लो भएको बिरामीले आराम महसुस गर्छ । 

    तुलसीको पात : तुलसीको पात धेरै पोषक तत्वहरूको खानी हो । यसमा म्याग्नेसियम, पोटासियम र भिटामिन सी प्रशस्त मात्रामा पाइन्छ । साथै यसमा युजेनोल नामक एन्टिअक्सिडेन्ट पनि हुन्छ, जसले रक्तचाप नियन्त्रण गर्न मद्दत गर्छ ।