२०८२, आश्विन २७ गते

Oct 13 2025 | २०८२, आश्विन २७ गते

मैत्रीपूर्ण फुटसलमा जेसीआई सिद्धार्थ विजयी

शुक्रवार , श्रावण १६, २०७७

  • 10.0K
    Shares
  • 10.0K
    Shares

  • भैरहवा, १६ साउन ।
    क्रियाशील पत्रकारहरुको संस्था लुम्बिनी प्रेस क्लब सिद्धार्थनगर रुपन्देहीलाई हराउँदै भैरहवामा भएको मैत्रीपूर्ण फुटसलमा जेसीआई सिद्धार्थ, नेपाल  (सिद्धार्थ जेसीज)  विजयी भएको छ । 

    जेसीआई सिद्धार्थ, नेपालको आयोजनामा भैरहवामा संचालित जेसीज सप्ताह–२०२० अन्तर्गत शुक्रबार मैत्रीपूर्ण फुटसल भएको हो । खेलमा प्रेस क्लब उपविजेता बन्यो । ५० मिनेटको खेलमा जेसीजले प्रेस क्लबलाई ९–१ गोल अन्तरले पराजित गर्दै विजयी बनेको हो । 

    खेलको सुरुबाटै जेसीजले क्लबलाई दवावमा राख्यो । पहिलो हाफमा क्लबविरुद्ध ४ गोल गरेको जेसीजले दोस्रो हाफमा ५ गोल गर्यो । जेसीजका तर्फबाट पूर्वअध्यक्ष लेखनाथ भट्टराईले ३ गोल गरे । यस्तै कृतेश श्रेष्ठले ३, अशोक क्षेत्री र ओजस शर्माले १/१ गोल गरे । क्लबले दोस्रो हाफमा सान्त्वना गोल गर्‍यो ।  क्लबको तर्फबाट प्रकाश न्यौपानेले १ गोल गरे ।

    एकअर्काप्रति भातृत्व विकासका लागि पत्रकारहरुको संस्था प्रेस क्लबसँग जेसीजले मैत्रीपूर्ण फुटसल खेलेको हो । अघिल्लो वर्ष पनि यी दुई संस्थाबीचबीच मैत्रीपूर्ण फुटसल भएको थियो । पत्रकारहरुसँगको फुटसल खेलले दुई संस्थाबीच भाइचारा र भातृत्व विकासमा टेवा पुगेको जेसीज अध्यक्ष मंगल भण्डारीले बताए ।

    अध्यक्ष भण्डारीले खेलले स्वस्थ बनाउन टेवा पुग्ने बताए । उनले खेलले नै राष्ट्र चिनाउने जनाए । सामाजिक क्षेत्रमा क्रियाशील जेसीजले आगामी दिनमा पनि यस्ता मैत्रीपूर्ण खेल आयोजना गरिरहने कार्यक्रम संयोजक राजु शर्माले बताए ।

    फुटसलको शुभारम्भ कार्यक्रममा बोल्दै रुपन्देही जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख संगमसिंह थापा, जेसीज नेपाल वर्ष २०२० का राष्ट्रिय उपाध्यक्ष राकेश गुरुङ, लुम्बिनी प्रेस क्लबका अध्यक्ष दिपेश पछाई, नेपाल चलचित्र संघ पश्चिमाञ्चल सभापति ओम जैसी, जेसीज सप्ताह निर्देशक ऋषिराम पाण्डेय लगायतले बोल्दै खेलले मानिसको शारीरिक तथा मानसिक विकासमा टेवा पुर्‍याउने बताए । साकार न्यौपानेको आस्था पाठ तथा नरेन्द्र बञ्जाडेको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।