images

शनिवार, बैशाख २२ गते २०८१

मन्त्री सन्तोष पाण्डेय लिए सपथ

मन्त्री सन्तोष पाण्डेय लिए सपथ

images
images
images
शुक्रवार, बैशाख १५ २०८०
शुक्रवार, बैशाख १५ २०८०
  • मन्त्री सन्तोष पाण्डेय लिए सपथ

    भैरहवा, १५ वैशाख ।
    लुम्बिनी प्रदेश सरकारमा मन्त्री बनेका प्रदेशसभा सदस्य सन्तोष कुमार पाण्डेयले सपथ लिएका छन् । रुपन्देही क्षेत्र नम्बर ३ (१) बाट दोस्रोपटक प्रदेशसभा सदस्यमा निर्वाचित पाण्डेयले शुक्रबार बुटवलस्थित प्रदेश प्रमुखको कार्यालयमा सपथ लिएका हुन् ।

    images
    images
    images

    343725023_698303758628025_621738116847583749_n.jpg

    यसअघि शंकर पोखरेलको नेतृत्वको सरकारमा पाण्डेयले भौतिक पूर्वाधार विकास मन्त्री भएका थिए । गत मंसिर ४ गते सम्पन्न प्रदेशसभा सदस्य निर्वाचनमा उनी लोकतान्त्रिक समाजवादी पार्टी, नेपाल (लोसपा) बाट निर्वाचित भएका हुन् । उनी लोसपा लुम्बिनी प्रदेश संसदीय दलका नेतासमेत हुन् । 

    मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले नेकपा (माओवादी केन्द्र) का धनबहादुर मास्की राना, नागरिक उन्मुक्ति पार्टीका धर्मबहादुर चौधरी र लोकतान्त्रिक समाजवादी पार्टी, नेपालका सन्तोष कुमार पाण्डेयलाई विना विभागीय मन्त्री नियुक्त गरेका छन् । प्रदेश प्रमुख अमिक शेरचनले मुख्यमन्त्री र मन्त्रीहरुलाई सपथ ग्रहण गराएका हुन् ।

    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij