२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

कांग्रेसको क्रियाशिल नयाँ सदस्यता वितरण तथा नविकरण सुरु 

शुक्रवार , श्रावण १६, २०७७

भैरहवा, १६ साउन । 
महाधिवेशनको संघारमा रहेको नेपाली कांग्रेसले आफ्ना क्रियाशिल कार्यकर्ताको सदस्यता नविकरण तथा नयाँ सदस्यता वितरण तीव्र बनाएको छ । सोही बमोजिम कांग्रेस रुपन्देहीले पनि जिल्लामा क्रियाशिल कार्यकर्ताको सदस्यता नविकरण सुरु गरेको जनाएको छ । 

नेपाली कांग्रेस रुपन्देही अन्तर्गत रहेका कांग्रेस कार्यकर्ताको सदस्यता नविकरणको साथै साधारण सदस्यलाई क्रियाशिल सदस्यता समेत प्रदान गरिने जिल्ला सभापति अब्दुल रज्जाकले जानकारी दिए । उनले केन्द्रबाट जिल्लालाई सो अनुसारका कागजात समेत प्राप्त भइसकेकोले यसको वितरण सुरु गरिएको बताए । 

रुपन्देही क्षेत्र नम्बर २ का क्षेत्रीय सभापति हरि लम्साललाई नविकरण फारम हस्तान्तरण गर्दै रज्जाकले यसले रुपन्देहीमा पुराना कार्यकर्तालाई पुर्नताजगी प्रदान गर्ने बताए । उनले आगामी दिनमा नेपाली जनतालाई कांग्रेसमा जोडिन अभिप्रेरित गर्ने जनाए । नविकरण फाराममा क्षेत्रीय सभापतिहरुको माध्यमबाट प्रदेश कमिटी हुँदै नगर/गाउँ र वडास्तरमा पुग्ने भएकोले सबै कार्यकर्तालार्ई यस अभियानमा सहभागि हुन उनले आव्हान समेत गरे ।

कार्यक्रममा जिल्ला सचिवद्वय रामकृष्ण खाँण र हरि काफ्ले, कोषाध्यक्ष दिपक क्षेत्री न्यौपाने, क्षेत्र नम्बर ३ का सभापति मात्रिका प्रसाद यादव, उपसभापति पुरन प्रसाद श्रेष्ठको उपस्थिति रहेको थियो । 

१ सय ५५ वटा वडा रहेको रुपन्देहीमा १२ हजार बढी क्रियाशिल सदस्य रहेको कांग्रेस रुपन्देहीका कोषाध्यक्ष दिपक क्षेत्री न्यौपानेले जानकारी दिए ।