शुक्रवार, आश्विन ५ गते २०८०

सामाजिक कुरीतिविरुद्धको फिल्म ‘क्रस्ड विङ्स’ को बुटवलमा प्रिमियर

सामाजिक कुरीतिविरुद्धको फिल्म ‘क्रस्ड विङ्स’ को बुटवलमा प्रिमियर

images
images

खबर पात्रो

२३, बैशाख २०८०
  • 641
    SHARES
  • सामाजिक कुरीतिविरुद्धको फिल्म ‘क्रस्ड विङ्स’ को बुटवलमा प्रिमियर

    बुटवल, २३ वैशाख ।
    चलचित्र पत्रकार संघ रुपन्देहीको सहकार्यमा बुटवलको सुख्खानगर घर भइ लामो समयदेखि बेलायत बस्दै आएका कुशल फिल्मकर्मी तथा निर्देशक ललित भुसालद्वारा निर्देशित चलचित्र (फिल्म) ‘क्रस्ड विङ्स’ नेपालमा पहिलोपटक बुटवलमा प्रिमियर भएको छ । 

    शनिबार बिहान द्वारिका सिनेमा हल बुटवलमा प्रदर्शन भएको सो फिल्ममा अभिनय गरेका स्थानीय कलाकारसमेत सहभागी रहेको सो प्रिमियरमा दर्शकहरुले फिल्मको कथावस्तु मन छुने कथासँगै सामाजिक कुरीति र कुसंस्कारविरुद्ध बुलन्द आवाज भएको बताएका छन् । सानै छँदा बालिकाको संवेदनशील अंग काटिदिने परम्परागत प्रथासँग सम्बन्धित यो विश्वकै पहिलो अंग्रेजी फिल्म भएको फिल्म निर्देशक ललित भुसालले बताए । साँस्कृतिक रीतिका नाममा फैलिएको बालशोषणको कठोर यथार्थतर्फ आँखा खोल्न फिल्मले बाध्य पार्ने उनको दावी छ ।

    images
    images

    बेलायत, भारत र नेपालका आकर्षक स्थानमा छायांकन गरिएको उक्त फिल्मको कथा एसियाको कुनै गाउँमा हुर्किरहेकी सानी बालिका रियाको दुर्भाग्यपूर्ण जीवन यात्रा वरपर घुम्छ  । उनी ७ वर्षकी हुँदा कुरीतिको सिकार हुन्छिन् । रिया जस्ता अनेकौं देशका पीडित बालिकाको तीतो भोगाइमा आधारित उक्त फिल्मको कथाले बाल शोषणको वास्तविकता र यसले पार्ने शारीरिक अनि मानसिक असर उजागर गरेको छ  ।

    फिल्म बनाउनुअघि भुसालले विश्वका विभिन्न ठाउँका महिलासँग अन्तवार्ता लिएका थिए । ल्ण्डन र बुटवलमा समेत छायांकन भएको सो चलचित्रमा नेपालसहित संसारभरका स्थापित र आकांक्षी झण्डै ५० जना कलाकार समेटिएका निर्देशक भुसालले जानकारी दिए ।

    फिल्म प्रदर्शनपछि यस क्षेत्रका कलाकार स्वर्गीय कुलचन्द्र पुरीलाई मरणोपरान्त सम्मान दिइएको थियो भने फिल्म हेर्न आएका कलाकार शान्तराम गिरीलाई सम्मान गरिएको थियो । साथै बाल कलाकारको रुपमा अभिनय गर्ने रोजिना भुसाललाई सम्मान गरिएको थियो भने सञ्चार माध्यमको तर्फबाट सहयोगी भूमिका खेल्ने चलचित्र पत्रकार संघ रुपन्देहीका अध्यक्ष मोहन न्यौपाने र निवर्तमान अध्यक्ष सुमन श्रेष्ठलाई धन्यवाद ज्ञापन गरिएको थियो ।

    फिल्मको सुरुवातमा दिबंगत भएका बुटवल आसपासका कलाकारहरुलाई स्मरण गर्दै फिल्मको सुरुवात गरिएको थियो । सो फिल्म प्लेक्स डट टिभीमार्फत निःशुल्क हेर्न सकिन्छ ।   

    images
    प्रकाशित मिति :बैशाख २३, २०८० शनिवार - १८:४९:२६ बजे

    खबर पात्रो

    धेरै पढिएको

    Copyright © All right reserved to khabarpatro

    Site By: sobij