images

शनिवार, बैशाख ८ गते २०८१

नेतृत्व क्षमता विकास तालिम कार्यक्रमको ६८ औं श्रृंखला सम्पन्न

नेतृत्व क्षमता विकास तालिम कार्यक्रमको ६८ औं श्रृंखला सम्पन्न

images
images
images
शनिवार, बैशाख २३ २०८०
शनिवार, बैशाख २३ २०८०
  • नेतृत्व क्षमता विकास तालिम कार्यक्रमको ६८ औं श्रृंखला सम्पन्न

    भैरहवा, २३ वैशाख ।
    भैरहवामा नेतृत्व क्षमता विकास तालिम कार्यक्रमको ६८ औ शृंखला शनिबार सम्पन्न भएको छ । तालिममा विभिन्न पेशाका व्यक्तिहरू सहभागी हुने हुँदै आएको छ । तालिम गत २०७८ सालदेखि साप्ताहिक रुपमा नियमित सञ्चालन हुँदै आइरहेको छ । यसअघि सिद्धार्थ उद्योग वाणिज्य संघ, रुपन्देहीको सभा कक्षमा सञ्चालित उक्त तालिम हाल भैरहवास्थित होटेल पवन इन्टरनेशनलमा सञ्चालन भइरहेको छ ।

    images
    images
    images

    शनिबार (वैशाख २३) गते सञ्चालित तालिममा सिद्धार्थ उद्योग वाणिज्य संघका कार्यसमिति सदस्य अर्पित अग्रवाल र लेखा परामर्शदाता जी एन चापागाई उत्कृष्ट सहभागी भएका थिए ।

    २३ जनाको सहभागीता रहेको उक्त तालिममा सामाजिक अगुवा तथा अधिवक्ता प्रख्यात बन्जाडे, व्यवसायी गोपाल भण्डारी, उत्प्रेरक कार्यक्रम समन्वयकर्ता कृष्ण शाह, सिद्धार्थ उद्योग वाणिज्य संघका कार्यसमिति सदस्यहरु कमल ज्ञवाली, विरेन्द्र ज्ञवाली, लायन्स क्लब अफ सिद्धार्थनगरका कुलचन्द्र गौतम, मुनलाइट स्कूलका सञ्चालक त्रिलोकी गुप्ता, व्यवासायीहरु सन्दीप अग्रहरी, श्रीचन्द जैसवाल, टंक आचार्य, मदन प्रसाद पौडेललगायतले विभिन्न विषयमा मन्तव्य राखेका थिए । कार्यक्रममा रंजन पन्थीले धन्यवाद ज्ञापन गरेका थिए ।

    344902936_1196860417674759_6411079438523204962_n.jpg

    तालिमको सहजीकरण प्रमुख प्रशिक्षक विजय पाण्डेले गर्दै आइरहेका छन् । पाण्डे उत्प्रेरक वक्ताका रुपमा पनि चिनिन्छन् । पत्रकारिता क्षेत्रको समेत अनुभव भएका उनी  सिद्धार्थ साहित्य परिषद्का उपाध्यक्ष हुन् । पाण्डेले यसअघि सिद्धार्थ उद्योग वाणिज्य संघका महासचिवको जिम्मेवारी सम्हालिसकेका छन् । तालिम कार्यक्रम नियमित रुपमा सञ्चालन हुने पाण्डेले बताए । तालिमको १०० सप्ताह पुगेको अवसरमा  सत सप्ताह उत्सव कार्यक्रम भव्यताकासाथ मनाउने तालिमका मुख्य प्रशिक्षक विजय पाण्डेले बताए । तालिममा नमस्ते प्रशोधित सोयाबीन तेलले सहयोग गरेको उनले बताए ।

    images
    images
    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij