images

बिहिवार, बैशाख १३ गते २०८१

रुपन्देही-५ मा भरत शाह कमजोर अवस्थामा, संस्थापन इतर समूहमा उत्साह 

रुपन्देही-५ मा भरत शाह कमजोर अवस्थामा, संस्थापन इतर समूहमा उत्साह 

images
images
images
सोमवार, बैशाख २५ २०८०
सोमवार, बैशाख २५ २०८०
  • रुपन्देही-५ मा भरत शाह कमजोर अवस्थामा, संस्थापन इतर समूहमा उत्साह 

    भैरहवा, २५ वैशाख । 
    रुपन्देही क्षेत्र नम्बर ५ मा नेपाली काँग्रेसको संस्थापन समूह र त्यसको नेतृत्व गर्दै आएका नेता भरतकुमार शाह सांगठनिक रुपमा निकै कमजोर अवस्थामा पुगेका छन् । क्षेत्र नम्बर ५ मा पर्ने लुम्बिनी साँस्कृतिक नगरपालिका, गैडहवा, कञ्चन गाउँपालिका र सैनामैना नगरपालिमा उनी निकै कमजोर अवस्थामा पुगेका हुन् ।

    images

    क्षेत्र नम्बर ५ मा अहिले दुईतिहाई बढी संस्थापन ईतर समूहको पक्षमा नगर र गाउँका नेताहरु खुलेर लागेका छन् । यस अघिसम्म शाहलाई सघाउँदै आएका कांग्रेस महासमिति सदस्य फखरुद्दीन खानले उनको साथ छाडेपछि अहिले उनी निकै कमजोर अवस्थामा रहेका छन् ।

    क्षेत्र नम्बर ५ (क) मा फखरुद्दीन खान र (ख) मा विष्णु पोखरेल एउटै कित्तामा बलियोसँग उभिएपछि शाह समूह कमजोर अवस्थामा पुगेको हो ।

    नेपाली कांग्रेस लुम्बिनी साँस्कृतिक नगरपालिकाको प्रथम नगर सम्मेलन सम्पन्नमा पनि उनी निकै कमजोर अवस्थामा देखिएका छन् ।

    नगर सभापति मोहम्मद सइद खानको सभापतित्व तथा नेपाली कांग्रेस रुपन्देहीका उपसभापति थानेश्वर घिमिरेको प्रमुख आतिथ्यतामा भएको सम्मेलनमा १३ वटा वडामध्ये ९ वटा वडा सभापति संस्थापन इतर समूहमा खेलेका छन् । सम्मेलनमा ३ सय हाराहारीमा सहभागीता रहेको थियो ।

    स्थानीय, प्रदेश र संघीय निर्वाचन अघिसम्म सामान्य कमजोर अवस्थामा रहेको संस्थापन इतर समूह अहिले भने निकै बलियो भएर निस्किएको छ । लुम्बिनी साँस्कृतिक नगरपालिकामा भरत शाहले नेतृत्व गर्दै आएको संस्थापन समूह अहिलेसम्मकै कमजोर अवस्थामा पुगेको छ ।

    अर्कोतर्फ भरतकुमार शाहको निर्देशनमा संस्थापन समूहले पनि लुम्बिनी साँस्कृतिक नगरपालिकामा नगर सम्मेलन गरेको छ । पहिला भरतकुमार शाह प्रमुख अतिथि हुने भनेर बोलाइएको सम्मेलनमा न्युन उपस्थिति रहेपछि उनले क्षेत्रीय सभापति वसिउल्लाह मुसलमानलाई प्रमुख अतिथि बनाएर पठाएका थिए । सम्मेलनमा २ वटा वडा सभापतिसहित २५/३० जनाको मात्र सहभागीता रहेको थियो । २ जना वडा सभापति दुवै तर्फको सम्मेलनमा सहभागी भएनन् ।

    उता सैनामैना नगरपालिकामा भरत शाहको आदेशमा नगर सभापति रणबहादुर खनालले बैठकमा विषय नै उठान नगरी एकाएक आफूलाई चित्त नबुझेका नेताहरुलाई कारवाही गर्न सिफारिस गरेपछि क्षेत्र नम्बर ५ मा पर्ने ७ वटा वडामध्ये ६ वटा सभापति संस्थापन ईतरतर्फ लागेका छन् । नगर उपसभापति लोकमणि भट्टराई, सचिव कृष्ण कंडेल, सह–सचिव शारदा रौतर, नगर सभापतिका प्रत्यासी कृष्ण पाखरेल र कार्यसमितिका बहुमत सदस्यले सभापति खनालको विरोधमा उभिएर विष्णु पोखरेलको पक्षमा खुलेका छन् ।

    कञ्चन गाउँपालिकामा ५ वटा रहेकोमा उपसभापति, सचिव, सह–सचिव, कोषाध्यक्ष र वडा सभापति ५ जना संस्थापन ईतर समुहतर्फ लागेका छन् । क्षेत्र नम्बर ५ मा लुम्बिनी प्रदेश सदस्य विष्णु पोखरेल र महासमिति सदस्य फखरुद्दीन खानको लोकप्रियता बढ्दै गएको छ । आगामी दिनमा उनीहरुलाई सघाउन स्थानीयस्तरमा नेताहरु लागिपरेका छन् ।

    कार्यक्रममा बोल्दै नेपाली कांग्रेस रुपन्देहीका उपसभापति थानेश्वर घिमिरेले नेपाली कांग्रेसको संगठनलाई वडा तहबाटै बलियो बनाएर लैजाने बताए । उनले लुम्बिनी साँस्कृतिक नगरपालिकामा नेपाली कांग्रेसको संगठनलाई मजबुत बनाउने बताए ।

    त्यस्तै नेपाली कांग्रेसका महासमिति सदस्य फखरुद्दीन खानले नेपाली कांग्रेसलाई कुनै एउटा व्यक्तिको पंजामा नराखी बलियो संगठनको रुपमा स्थापित गर्ने बताए । उनले आगामी निर्वाचनलाई अहिलेदेखि नै ध्यानमा राखेर संगठन विस्तार गरेर लैजाने बताए ।

    images
    images
    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij