२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

संगठन विस्तार गर्दै जनमत पार्टी

शुक्रवार , श्रावण १६, २०७७

भैरहवा, १६ साउन ।
जनमत पार्टीले रुपन्देहीको रोहिणी गाउँपालिका वडा नम्बर ७ मा संगठन विस्तार गरेको छ । रोहिणी–७ टिकरमा शुक्रबार सम्पन्न भेलाले वडा इञ्चार्ज राजु भुजको संयोजकत्वमा ५१ सदस्यीय वडा समिति र २१ सदस्यीय गाउँ÷टोल कमिटी गठन गरेको पार्टीले जनाएको छ ।

पार्टीका केन्द्रीय सदस्य भोपेन्द्र यादवको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा रुपन्देही जिल्ला सचिव शिवचरण केवट, जिल्ला सदस्य चन्द्र कुमार सिंह, क्षेत्र नम्बर १ संयोजक शम्भु यादव, रोहिणी गाउँपालिका इञ्चार्ज विष्णु चौधरी, जिल्ला सदस्य चन्द्र कुमार सिंह लगायतको उपस्थिति रहेको थियो ।

पार्टीका नेता विजय यादवको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।