नेपाली ठूला राजनैतिक दलहरुको गति, गन्तव्य र उद्धेश्य दिशाहीन देखिएको मात्र होइन कि यसले समग्र विश्वमा नेपाल र नेपालीको छवि धुमिल बनाइदिएको छ । म ‘नेपाली’ हुँ भनेर छात्ति फुलाएर जिउ तन्काएर भन्न नसक्ने अवस्थामा लोकतन्त्रको नाममा हिलो नै छ्यापिदिए । ओम्नी, बालुवाटार, महाकाली वाइडवडी, क्यान्टोनमेण्ट आदि दुर्गन्धित भ्रष्टाचारका फाइलहरुमा धुलो लागेर माकुुराले जालो लाइसकेको बेलामा एक्कासी नक्कली भुटानी शरणार्थी प्रकरणले उछाल मारिरहेको छ ।
आखिर किन यो प्रकरण दबाउन सकेन सरकारले ? जसरी पहिलेका भ्रष्टाचारका फाइलहरु थन्क्याउन सफल राजनैतिक नेतृत्व जसले सरकार चलाइरहेका थिए । आखिर यो नक्कली भुटानी शरणार्थी प्रकरण सतहमा किन आयो ??
विश्व रंगमञ्चमा नेपाल एउटा कुख्यात देशमा दर्ज हुन लागेको छ । धमाधम नक्कली मानिसहरु त्यो नेपाली वा विदेशी जो पनि हुन सक्छ, त्यस्तालाई भुटानी शरणार्थी बनाई अरु मुलुक (मुख्यतः अमेरिका, अष्ट्रेलीया) पठाउँदा त्यहाँ सुरक्षा चुनौति गम्भिर हुनु स्वभाविक रुपमा बुझ्न सकिन्छ । विदेशी आतङ्ककारीहरुले पैसाको बलमा भुटानी शरणार्थी भएर जुन दिशामा जान्छन् त्याँ आतङ्क मच्यउन सक्ने नै भए । हामीले अमेरीकामा भएको टुइन टावर आक्रमण बिर्सन सकिदैन । यसै पृष्ठभूमिमा आतङ्कको श्रृङ्खला बुझ्न जरुरी छ ।
पाकिस्तानबाट सोझै हवाइजहाजबाट काठमाडौं अवतरण भई पैसाको बलमा भुटानी शरणार्थी भइ गन्तव्य तिर पुग्न सजिलो हुने देखिन्छ । अरु राष्ट्रहरुलाई गम्भिर असर पर्ने गरी नेपाल सरकारका भि.आइ.पि हरुको संलग्नताले राष्ट्रको छवि क्षत विक्षत भएको छ । व्यक्ति गौण कुरा हो – उसको कृयाकलाप नै प्रमुख हुन्छ ।
नेपालको यस प्रकारको हर्कतले भारत र चीन दुवै रुष्ट छन् । नक्कली भुटानी शरणार्थी प्रकरण त अहिलेको जल्दो बल्दो विषय भएको छ । उत्तरी सिमा र दक्षिणी सिमा चासो सधैँ नेपालसँग रहने गर्दछ । भारत र चिनले सधैँ आफ्नो सुरक्षा चासोलाई गम्भिरताका साथ लिने गर्दछन् । हालको केही वर्षमा विशेष गरी गणतन्त्र स्थापना पश्चात हाम्रो परराष्टङनीति पंगु भएको छ । अन्तर्राष्ट्रिय स्थरमा नेपालको कुनै मान छैन जुन शान नेपाली हुनुको थियो त्यो ध्वस्त भइसक्यो, यसलाई ठीक लिकमा ल्याउ धेरै समय लाग्ने भयो ।
नेपाली नागरिकले भारतको जुनसुकै ठाउँमा जान, बस्न र काम गर्न पाउँछ । हामीले यो कुरा बुझ्न जरुरी छ कि पाकिस्तान र भारतको सम्बन्ध राम्रो छैन त्यहाँ भएका घटनामा भारतले पाकिस्तानलाई दोष लगाउँदै आएको छ, पाकिस्तानीहरु कतिले नेपाली नागरिकता लिएका होलान् ? वा भारतीयहरु कतिले नेपाली नागरिकता लिएका होलान् ? यी प्रश्नहरु निकन उठाउन थालियो भने सुरक्षाको जिम्मा लिएका ठूला दलहरुका ठूला नेताहरुको संलग्नताले सोच्न बाध्य पारेको छ । लहड र कमिसनको भरमा ठूला ठूला हवाइ अड्डाहरु बनाउने, भएका बाटा–घाटा ठूलो पार्ने निहुँमा वर्षौ नबनाउने आदि असक्षम्य अपराध गर्नेहरु, तथा नागरिकता वितरणमा अर्थ लेनदेन गर्नेहरु समष्टिमा जेलको कालकोठरीमा बन्द हुनै पर्दछ ।
अब फेरि हेरौं, राज्य संचालन गर्नेहरु नै अक्षम्य राष्ट्रघाती काममा लाग्छन् भनें त्यसको सबै भन्दा ठूला सजाय के हुन सक्ला ??
नक्कली भुटानी शरणार्थी प्रकरणको शुरु अहिले मात्र भएको होइन, यसको जरो देखि अनुसन्धान र अन्वेषण हुन नितान्त जरुरी छ । अहिलेको अनुसन्धानले एउटा निश्कर्ष निकाल्ला! तर हाम्रो लागि यो गणतन्त्र वास्तवमा गाँडतन्त्र जस्तै भएर आएको सत्य हो, यसको उचित उपचार गरिएन भनें नेपालको अस्तित्व नैे नमिट हुनेछ । केन्द्रीय तहमा नीतिगत भ्रष्टाचारहरु र लुकाइएका र लुकाइसकिएका फाइलहरु सबै बाहिर निकाल्न पर्दछ ।
भारत, चीन, अमेरिकाका लागि नेपाल ‘खतरा’ भएको छ । यसलाई खतराको जोनमा पु¥याने हालसम्म सत्ता सञ्चालन गर्ने विशेष गरि २०६२/६३ पछिका दलहरु नै हुन् । अब ठूला दलहरु पुरै नसच्चिने हो भनें इतिहासको कालो पानामा विलुप्त हुनेछन् ।