
शनिवार , बैशाख ३०, २०८०
भैरहवा, ३० वैशाख ।
नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य किस्मत विश्वकर्माले भ्रष्टाचारविरुद्धको अभियानमा सबै साथ र सहयोग आवश्यक रहेकोमा जोड दिएका छन् । पार्टीको सिद्धार्थनगर नगरपालिका वडा नम्बर ६ मा आयोजित जनसम्बन्ध अभियानमा बोल्दै नेता विश्वकर्माले मुलुकको विकास र समृद्धिको बाधक भ्रष्टाचार भएकाले यसकाविरुद्ध नेपाली जनताले साथ दिनुपर्ने बताए ।
उनले जनताका समस्या सुन्ने र सो समस्या समाधान गर्न पार्टीले पहल गर्न अभियान सञ्चालन गरिएको बताए । उनले भने, ‘माओवादी केन्द्रको नेतृत्वमा रहेको सरकारले जनताको पक्षमा काम गरिरहेको छ । नेपाललाई समृद्धि र विकासमा लैजाने गरी सरकारले काम गरिरहेको छ । ’ सरकार सबै क्षेत्रमा सफलतातर्फ अघि बढिरहेको उनले दावी गरे ।
कार्यक्रममा माओवादी केन्द्र सिद्धार्थनगरका अध्यक्ष नारायण बहादुर हमाल नेतृ कमला थापा, नेता मनिष कुमार चौधरीलगायतले बोलेका थिए । माओवादी केन्द्र सिद्धार्थनगर–६ का अध्यक्ष महेन्द्र यादवको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij