२०८२, फाल्गुण ५ गते

Feb 17 2026 | २०८२, फाल्गुण ५ गते

राप्रपाले जेष्ठ चार गते भ्रष्टाचारबिरुद्ध आमसभा गर्ने 

आइतवार , बैशाख ३१, २०८०

  • 1.0K
    Shares
  • 1.0K
    Shares
  • काठमाडाै‌ं, ३१ बैशाख । राष्ट्रिय प्रजातन्त्र पार्टीले आगामी जेष्ठ चार गते काठमाडौंमा भ्रष्टाचारबिरुद्ध आमसभा गर्ने भएको छ ।

    आइतबार पार्टी कार्यालय धुम्वाराहीमा आयोजित पार्टी प्रवेश कार्यक्रममा राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले नक्कली भुटानी शरणार्थी प्रकरण लगाएत सवै भ्रष्टाचारका काण्डलाई छानविन गर्न दवाव दिने उदेश्यका साथ काठमाडौंमा पार्टीले आमसभा गर्न लागेको जानकारी दिएका हुन् ।

    शरणार्थी प्रकरणको छानविनलाई शसक्त बनाउनुपर्ने र छानविनको कामलाई कमजोर बनाउन नहुने उनले बताए । उनले राप्रपा शसक्त प्रतिपक्षमा बसेर भ्रष्टाचार, सुशासन र राष्ट्रियताको पक्षमा आवाज उठाउने धारणा राखे ।

    भ्रष्टाचारका बिषयमा आवाज उठाउने नैतिक क्षमता भएको एकमात्रै पार्टी राप्रपा भएको उनले बताए । उनले प्रहरीले राम्रो काम गरिरहेको भन्दै स्वतन्त्रपूर्वक काम गर्ने वातावरण बनाउनुपर्ने जिकिर गरे ।

    त्यस्तै अध्यक्ष लिङ्देनले सोमबारबाट सुरु हुने पार्टीको केन्द्रीय समितिको पूर्ण बैठकमा समसामयिक राजनीतिक अवस्था, निर्वाचनको समीक्षा, प्रदेश तथा जिल्लामा भएका साङ्गठनिक गतिविधिको समीक्षा लगाएतका बिषयमा छलफल हुने जानकारी दिए ।