२०८३, बैशाख २० गते

May 03 2026 | २०८३, बैशाख २० गते

टोपबहादुर रायमाझीलाई अदालतमा उपस्थित गराईदै

सोमवार , जेठ १, २०८०

  • 880
    Shares
  • 880
    Shares
  • काठमाडौं, १ जेठ । नेकपा एमालेका सचिव तथा पुर्वमन्त्री टोपबहादुर रायमाझीलाई आज अदालतमा उपस्थित गराईदैछ ।

    नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ पुर्जी जारी भए पछि फरार रहेका रायमाझी हिजो बुढानिलकण्ठस्थित निवासवाट पक्राउ परेका थिए । उनै रायमाझीलाई आज अदालतमा उपस्थित गराउन लागिएको हो ।

    शनिवार साँझ पक्राउ पछि हिजो नै मेडिकल जाँच गरी लैनचौरस्थित प्रहरी हिरासतमा रात कटाएका रायमाझीलाई म्याद थपका लागि आज जिल्ला अदालत काठमाडौं, लैजान लागिएको हो ।