२०८२, श्रावण ३१ गते

Aug 16 2025 | २०८२, श्रावण ३१ गते

देउवाले गरे कानुन समितिको सभापतित्व ग्रहण

मंगलवार , जेठ २, २०८०

  • 1.4K
    Shares
  • 1.4K
    Shares
  • काठमाडौं, २ जेठ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कानून न्याय तथा मानव अधिकार समितिको सभापतित्व ग्रहण गरेका छन् ।

    आज देखी सुरु भएको प्रतिनिधिसभाका १० बिषयगत समिति मध्ये कांग्रेस सभापति देउवाले कानुन समितिको अध्यक्षता गरेका हुन ।

    उनले जेष्ठ सदस्यको नाताले सो समितिको सभापतित्व ग्रहण गरेको संसद सचिवालयले जनाएको छ ।

    यसैगरी राजनीतिक दलका अध्यक्ष मध्ये राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले भने राज्य व्यवस्था समितिको बैठकको सभापतित्व ग्रहण गरेका छन् ।