२०८२, श्रावण ३१ गते

Aug 16 2025 | २०८२, श्रावण ३१ गते

२०४८ सालयताको सबै उच्चपदस्त व्यक्तिको सम्पत्ति र भ्रष्टाचार घटनाको छानबिन गर्न तयार छु : प्रधानमन्त्री

बिहिवार , जेठ ४, २०८०

  • 1.6K
    Shares
  • 1.6K
    Shares
  • काठमाडौं, ४ वैशाख । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले २०४८ सालयताका सबै उच्चपदस्त व्यक्तिको सम्पत्ति छानबिन गर्न तयार रहेको बताएका छन् ।

    बिहीबार बसेको प्रतिनिधिसभा बैठकमा प्रश्नोत्तर कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले २०४८ सालयताका सबै उच्चपदस्त व्यक्तिको सम्पत्ति र भ्रष्टाचार घटनाको छानबिन गर्न तयार रहेको बताए ।

    यसका लागि राजनीतिक सहमति कायम गरेर अघि बढ्नुपर्ने बताउँदै उनले माओवादी लडाकुको नाममा भ्रष्टाचार भएको प्रमाणित भए आफू जेल जान तयार रहेको बताए ।

    तत्कालीन अवस्थामै अडिट रिपोर्ट तयार भइसकेको र भ्रष्टाचार नभएको पुष्टि भइसक्दा अहिले राजनीतिक पूर्वाग्राही ढंगबाट माओवादी लडाकुको नाममा भ्रष्टाचार भएको आरोप लगाउने गरेको प्रधानमन्त्री प्रचण्डको भनाइ छ ।