मंगलवार , जेठ ९, २०८०
काठमाडौं, ९ जेठ । रास्वपा सांसद स्वर्णिम वाग्लेले संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा पेस गरिएको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम कर्मकाण्डी भएको टिप्पणी गरेका छन् ।
मंगलबार प्रतिनिधिसभा बैठकमा भएको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथिको छलफलमा सहभागी हुँदै उनले कर्मकाण्डीको संज्ञा दिएका हुन्। कर्मकाण्डी नीति तथा कार्यक्रम आएकोले धेरै उत्ताउलोपन देखाउनुपर्ने जस्तो नलाग्ने भन्दै उनले सरकारले नीति तथा कार्यक्रम परम्परा धान्न मात्रै ल्याइएको दस्तावेज भएको टिप्पणी गरे ।
© 2026 All right reserved to khabarpatro.com | Site By : sobij