२०८२, श्रावण ३१ गते

Aug 16 2025 | २०८२, श्रावण ३१ गते

सांसद विकास कोष ब्युँताउनु नीतिगत भ्रष्टाचार हो : सुमना श्रेष्ठ

बुधवार , जेठ १०, २०८०

  • 2.6K
    Shares
  • 2.6K
    Shares
  • काठमाडौं, १० जेठ । रास्वपा सांसद सुमना श्रेष्ठले सांसद विकास कोषमार्फत पैसा वितरण कार्य रोक्नुपर्ने माग गरेकी छन् ।

    बुधबार बसेको प्रतिनिधिसभा बैठकको शून्य समयमा उनले २०७६ सालयता मात्र १७ अर्ब रुपैयाँ वितरण भएकाले अब सांसद विकास कोष बन्द गर्नुपर्ने बताइन् ।

    सांसद विकास कोष ब्युँताउनु नीतिगत भ्रष्टाचार हुने भएकाले यसलाई रोक्नुपर्ने भन्दै उनले सांसद विकास कोषको विपक्षमा रास्वपा रहेको जानकारी दिइन् । सांसद विकास कोष ब्युँताउन नहुने भन्दै उनले रुलिङको मागसमेत गरिन् ।

    साथै १ जेठमा नक्कली भुटानी प्रकरणसहितको विषयलाई लिएर आफूले दर्ता गरेको संकल्प प्रस्ताव टेबुल नहुनुको कारण पनि सभामुख देवराज घिमिरेसँग उनले जवाफ मागिन् ।