२०८२, श्रावण ३१ गते

Aug 16 2025 | २०८२, श्रावण ३१ गते

रेशम चौधरीको रिहाईका लागि किन्तु परन्तु नगरौं : डा. बाबुराम भट्टराई

शनिवार , जेठ १३, २०८०

  • 2.9K
    Shares
  • 2.9K
    Shares
  • काठमाडौं, १३ जेठ । 
    नेपाल समाजवादी पार्टीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले रेशम चौधरीको रिहाई हुनु पर्नेमा जोड गरेका छन् ।

    पुर्व सांसदसमेत रहेका नागरिक उन्मुक्ति पार्टीका संस्थापक चौधरीको रिहाईका बारेमा विवाद चलिरहेको बेला डा.भट्टराईको यो धारणा आएको हो । उनले नागरिकता विधेयक पनि प्रमाणीकरण हुनुपर्नेमा जोड दिएका छन् ।

    ‘रेशम चौधरी लगायतका टीकापुर थारू विद्रोहका नेताहरूलाई संविधान र कानून बमोजिम राष्ट्रपतिबाट माफी मिनाहा दिन र हजारौंको संख्यामा नागरिकताविहीन रहेका जन्मसिद्ध बाबुआमाका सन्तानलाई नागरिकता दिन संसदबाट पारित नागरिकतासम्बन्धी विधेयक राष्ट्पतिबाट छिटो जारी गर्न अब कुनै किन्तु परन्तु नगरौं,’ भट्टराईले भनेका छन, ‘लोकतन्त्र भनेको प्रक्रिया सँगसँगै मुख्यतः जनतालाई न्याय र समानताको प्रत्याभूति गर्ने प्रणाली हो भन्ने नभूलौं ।’