२०८२, फाल्गुण ५ गते

Feb 17 2026 | २०८२, फाल्गुण ५ गते

रेशम चौधरीलाई माफी दिन राष्ट्रपति समक्ष सिफारिस

आइतवार , जेठ १४, २०८०

  • 988
    Shares
  • 988
    Shares
  • काठमाडौं, १४ जेठ । सरकारले रेशमलाल चौधरीको बाँकी सजाँय मिनाहा गर्दै आममाफी दिने भएको छ ।

    आज बसेको मन्त्रीपरिषद बैठकले पुर्व सांसद चौधरीको बाँकी सजायँ मिनाहा गरेर जेलमुक्त गर्नका लागि राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको हो ।

    ‘रेशमलाल चौधरी, जो अहिले कारागारमा हुनुहुन्छ, जसको अस्ति भर्खर उच्च अदालतको निर्णयलाई सर्वोच्च अदालतले सदर गरेको अवस्था छ, राष्ट्रपति कार्यालयले सोधेका केही बिषयहरु सम्वोधन गरेर राष्ट्रपति कार्यालयमा बाकी सजायँ मिनाहा गर्न सिफारिस गर्ने निर्णय गरेको छ,’ सरकारका प्रवक्तासमेत रहेकी सुचना तथा सञ्चारमन्त्री रेखा शर्माले भनिन् । उनका अनुसार आजको मन्त्रीपरिषद बैठकले यसरी सिफारिस गर्दा सरकारले कुनै कानुन उलङघन गरिएको छैन ।

    ‘हामीले बिभिन्न कानुन ब्यावसायसँग गरेको सल्लाह अनुसार कानुनत: ठिक छ भन्ने कुरा छ, अहिले हामीले यो निर्णय कानुन भन्दा बाहिर गएर गरेका छैनौं’ उनले भनिन् ।