२०८३, श्रावण १० गते

Jul 26 2026 | २०८३, श्रावण १० गते

भारत भ्रमणका क्रममा नयाँ हवाईमार्ग खोल्ने बिषयमा व्रेक थ्रू हुनसक्छः प्रधानमन्त्री प्रचण्ड

आइतवार , जेठ १४, २०८०

  • 913
    Shares
  • 913
    Shares
  • काठमाडौं, १४ जेठ ।  प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नो भारत भ्रमणका क्रममा नयाँ हवाईमार्ग खोल्ने बिषयमा व्रेक थ्रू हुनसक्ने बताएका छन् । 

    आइतबार किर्तिपुरमा नेपाल राष्ट्रिय प्राध्यापक संगठनको प्रथम राष्ट्रिय अधिवेशन उद्घाटन गर्दै प्रधानमन्त्री प्रचण्डले जेष्ठ १७ गतेदेखि आफुले भारतको भ्रमण गर्ने भन्दै यस भ्रमणमा क्रममा नयाँ हवाईमार्ग खोल्ने बिषयमा व्रेक थ्रू हुनसक्ने बताएका हुन् ।

    उनले व्यापार पारावहनसम्बन्धी बिषय २०१९ देखि रोकिएर बसेकाले भारत भ्रमणपछि खुल्ने सम्भावना रहेको र त्यसले नेपाल र नेपालीका लागि अथपूर्ण हुने धारणा राखे ।

    प्रधानमन्त्री प्रचण्डले भारत भ्रमणका क्रममा बर्षौदेखि रोकिएको पञ्चेश्वर परियोजना पनि अघि बढाउनेबारे महत्वपूर्ण सहमति हुने सम्भावना रहेको बताए । उनले यसपटकको भारत भ्रमण नेपालको राष्ट्रिय हित हुनेगरि विशिष्ठ तवरले गर्न तयारी भइरहेको उल्लेख गरे । प्रधानमन्त्री प्रचण्डले सरकारको सम्पूर्ण ध्यान सुशासन कायम गर्दै संस्थागत वेतिथि र भ्रष्टाचारको विरुद्ध रहेको भन्दै त्यसका बिरुद्ध लडाई सुरु गरिएको बताए ।

    उनले बढ्दो बेरोजगारी मुलुकको समस्यामा रुपमा रहेकाले आफ्नो शिक्षा नितीलाई उत्पादनमुखी बनाउनुपर्ने आवश्यकता रहेको उल्लेख गरे । मुलुकको आवश्यता अनुसारको शिक्षा नीति अवलम्वन गर्न नसकिएको उनको भनाइ छ ।