२०८२, श्रावण ३१ गते

Aug 16 2025 | २०८२, श्रावण ३१ गते

भारतको नक्सामा लुम्बिनी र कपिलवस्तु समेटिएकोमा केपी ओलीको आपत्ति

मंगलवार , जेठ १६, २०८०

  • 1.6K
    Shares
  • 1.6K
    Shares
  • काठमाडौं, १६ जेठ । 
    पूर्वप्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले भारतको नक्सामा लुम्बिनी र कपिलवस्तु समेटिएकोमा आपत्ति जनाएका छन् । भारतको नयाँ संसद भवनमा राखिएको अखण्ड भारतको नक्सामा लुम्बिनी, कपिलवस्तु र विराटनगर उल्लेख छ । उक्त नक्साप्रति ओलीले आपत्ति जनाएका हुन् । 

    मंगलबार अखिल नेपाल महिला संघको कार्यक्रमलाई सम्बोधन गर्दै उनले भारतको संसद भवनमा राखिएको अखण्ड भारतको विवादित नक्सामा लुम्बिनी र कपिलवस्तु उल्लेख गरिएको भन्दै सरकारको ध्यानाकर्षण पनि जनाएका छन् । 

    बुधबारबाट हुने भारत भ्रमणमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले  उक्त नक्सामा भएको गल्ती सच्याउन लगाउनुपर्ने सुझाव दिए ।