२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

भिरबाट लडेर गुल्मीमा एकजनाको मृत्यु

शुक्रवार , श्रावण १६, २०७७

गुल्मी, १६ साउन ।
गुल्मीमा भिरबाट लडेर एक जनाको मृत्यु भएको छ ।

धुर्कोट गाउँपालिका वडा नम्बर ६ का ३५ वर्षिय लक्ष्मण घर्तीको ज्यान गएको हो । साउन १२ गतेदेखि बेपत्ता भएका उनी बिहिवार भिरमा मृत भेटिएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक केदार पन्तले  बताए ।

घर्ती भिरबाट करिब ५० मिटर तल खसेको र घटनाबारे थप अनुसन्धान भइरहेको गुल्मी प्रहरीले जनाएको छ ।