शुक्रवार, आश्विन ५ गते २०८०

पत्रकारको सुरक्षाका लागि प्रदेश सरकार प्रतिवद्ध छ : मन्त्री पाण्डेय

पत्रकारको सुरक्षाका लागि प्रदेश सरकार प्रतिवद्ध छ : मन्त्री पाण्डेय

images
images

खबर पात्रो

१७, जेठ २०८०
  • 3.2K
    SHARES
  • पत्रकारको सुरक्षाका लागि प्रदेश सरकार प्रतिवद्ध छ : मन्त्री पाण्डेय

    भैरहवा, १७ जेठ ।
    लुम्बिनी प्रदेश सरकारका आन्तरिक मामिला, कानून तथा सहकारी मन्त्री सन्तोष कुमार पाण्डेयले पत्रकारहरुको सुरक्षाका लागि प्रदेश सरकार प्रतिवद्ध रहेको बताएका छन् । उनले पिछडिएको क्षेत्रका समाचारलाई मिडियाले प्राथमिकता दिनुपर्नेमा जोड दिए ।

    लुम्बिनी प्रेस क्लब रुपन्देहीले बुधबार मायादेवी गाउँपालिका-८ स्थित लुम्बिनीरोडमा आयोजना गरेको बधाई, शुभकामना तथा छलफल कार्यक्रममा बोल्दै मन्त्री पाण्डेयले पत्रकारको दुर्घटना बीमा नविकरणका लागि काम अगाडि बढाइने बताए । उनले बाँकी रहेका सञ्चार सम्बन्धी ऐन बनाउन तथा सञ्चार संस्था र पत्रकारको सुरक्षाका लागि सरकार अघि बढेको बताए । उनले भने, ‘मन्त्री, नेताको मात्र नभइ आम नागरिकको भावना र विचार मिडियाले समेट्न आवश्यक छ । ’
    लुम्बिनी प्रदेश सरकारका प्रवक्तासमेत रहेका मन्त्री पाण्डेयले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अन्तर्राष्ट्रिय उडानका लागि निरन्तर पहल गरिरहेको बताए । उनले भने, ‘लुम्बिनीमा बढी भन्दा बढी पर्यटक ल्याउनुपर्छ । ’ 

    images
    images

    विशेष गरी बढी संख्यामा भारतीय पर्यटक ल्याउन सकिए मुलुक आर्थिक रुपमा सम्पन्न हुने बताए । अतिथि सत्कार र राम्रो बोलिदिए पनि पर्यटनको माध्यमबाट मुलुकलाई आर्थिक रुपमा सम्पन्न बनाउन सकिन्छ । मन्त्री पाण्डेयले लुम्बिनीको माध्यमबाट मुलुकलाई नै आर्थिक रुपमा सम्पन्न बनाउन सकिने बताए । उनले अहिले गठबन्धन सरकार भएकाले सरकारमा आबद्ध सम्पूर्ण दलहरुको महत्व रहेको र काम गर्न पनि सहज रहेको बताए । 

    त्यस्तै लुम्बिनी प्रेस क्लबकी अध्यक्ष सम्झना शर्माले कोभिड–१९ ले सञ्चार क्षेत्र बढी प्रभावित भएको बताइन् । उनले लुम्बिनी प्रेस क्लब भवनमा मिडिया संग्रहालय निर्माणका लागि आन्तरिक मामिला, कानून तथा सहकारी मन्त्रालयलाई सहयोग गर्न आग्रह गरिन् । उनले क्लबले आयोजना गर्न लागेको लुम्बिनी न्यूज फेस्टिबलमा पनि लुम्बिनी प्रदेश सरकारको सहयोग आवश्यक रहेको बताइन् । उनले भनिन्, ‘लुम्बिनी प्रेस क्लबमा आबद्ध पत्रकारहरुको क्षमता अभिवृद्धिका लागि मन्त्रालयमार्फत कार्यक्रमहरु सञ्चालन गर्नुपर्छ ।’

    क्लबका निवर्तमान अध्यक्ष नरेश केसीले पत्रकारले सामाजिक क्षेत्रमा पनि काम गरेको बताए । उनले आर्थिक मन्दीले मिडिया क्षेत्र संकटमा परेको बताए । उनले भने, कतिपय सञ्चार संस्था बन्द हुने अवस्थामा छन् । सञ्चार संस्था बन्द हुन नदिन प्रदेश सरकारको सहयोग आवश्यक छ ।

    क्लबका संस्थापक अध्यक्ष तथा सल्लाहकार माधव ढुंगानाले पत्रकारहरुको क्षमता अभिवृद्धिका लागि कार्यक्रम सञ्चालन गर्नुपर्नेमा जोड दिए । उनले देउसीभैला कार्यक्रमबाट जन्मिएको लुम्बिनी प्रेस क्लबले यस क्षेत्रको विकासका लागि पत्रकारितामार्फत अघि बढेको बताए ।

    क्लबका सल्लाहकार कुलमणि ज्ञवालीले आफ्नै निर्वाचन क्षेत्रबाट निर्वाचित प्रदेशसभा सदस्य मन्त्रीको रुपमा हेर्न पाउँदा खुसीको अनुभुति भएको बताए ।

    नेपाल पत्रकार महासंघ रुपन्देहीका संस्थापक सदस्य रामेश्वर भट्ट, लुम्बिनी प्रेस क्लबका उपाध्यक्ष कमल रायमाझी, महासचिव शंकर प्रसाद पाण्डे, सचिव प्रकाश न्यौपाने, सदस्य दीपेन्द्र बडुवाल, शम्भु पन्तलगायतले बोल्दै सञ्चार क्षेत्रको विकासका लागि प्रतिवद्ध भएर लाग्न मन्त्री पाण्डेयलाई आग्रह गरे ।

    images
    प्रकाशित मिति :जेठ १७, २०८० बुधवार - १३:२७:४० बजे

    खबर पात्रो

    धेरै पढिएको

    Copyright © All right reserved to khabarpatro

    Site By: sobij